Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

मगर संघको स्थापना दिवसमा चार जनालाई सम्मान 

मगर संघको स्थापना दिवसमा चार जनालाई सम्मान 

images

इच्छाकामना न्युज

१५, फाल्गुण २०७९
मगर संघको स्थापना दिवसमा चार जनालाई सम्मान 
images

चितवन । नेपाल मगर संघ, जिल्ला समिति चितवनले नेपाल मगर पत्रकार संघ, चितवनका अध्यक्ष आशिक रानामगरसहित चार जनालाई सम्मान गरेको छ। सोमबार नारायणी नदी किनारमा आयोजित ४१औँ मगर स्थापना दिवसको अवसरमा अध्यक्ष मगरसहित भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानामगर, जिल्ला समन्वय समिति चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिंजालीमगर र नेपाल मगर संघका संस्थापक सदस्य बुद्ध थापामगरलाई संयुक्तरूपमा सम्मान गरिएको हो। 

सोमबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल, नेपाल मगर संघका संघीय महासचिव टेकबहादुर नाम्जालीमगर, नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुरालगायतको उपस्थितिमा उनीहरूलाई सम्मान गरिएको हो। मगर समुदायमा जन्मिएर समाजमा पु¥याएको योगदानको आधारमा सम्मान गरिएको नेपाल मगर संघ, चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले जानकारी दिए। 

मगर स्थापना दिवसको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरेको थियो। कार्यक्रममा मौलिक एवम् प्रत्यक्ष गायनमा जोडिएका लोक नृत्यसहितका नाचगान भएका थिए। मगर जातिको मौलिक संस्कृति जोगाउन पनि यस्ता मौलिक सिर्जनालाई प्रश्रय दिनुपर्ने नेपाल मगर संघ, चितवनका अध्यक्ष ठाकुरसिंह आलेमगरले बताए। 

तर, त्यसका लागि राज्यको निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ। ‘नेपालका हरेक जातिको सांस्कृतिक पक्षको संरक्षण गर्न राज्यले लगानी गर्नुपर्छ,’ उनले भने, ‘किनभने सम्बन्धित जातिको प्रयासले मात्रै संरक्षण गर्नु चुनौतीपूर्ण विषय हो।’ 

नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय समिति चितवनका अध्यक्ष महेन्द्र दुराले जातीय संस्कृति संरक्षणमा सबै जातिले भूमिका खेल्नुपर्ने बताए। ‘मगर जातिले आफ्नो संस्कृति संरक्षण गर्न पहिले मगर जातिलाई नै एकठाउँमा गोलबन्द गर्न सक्नुपर्छ,’ उनले भने, ‘त्यसपछि अन्य समुदायसँग पनि सहकार्य गरेर साथ सहयोगमा दोहोरो भूमिका खेल्न सक्नुपर्छ।’ 

नेपाल मगर संघका संघीय महासचिव टेकबहादुर नाम्जालीमगरले भने मगर समुदायको सांस्कृतिक संरक्षणको लागि राज्यले लगानी गर्नै नचाहेको आरोप लगाए। स्वर्गीय नेताको नाममा विभिन्न प्रतिष्ठान खोलेर राज्यकै कोष सिध्याइरहँदा आदिवासी जनजातिको संस्कृति संरक्षणमा भने चासो नदिएको उनको भनाइ छ। ‘हरेक जातिभित्रको सांस्कृतिक संस्कारमा विविधता छ,’ उनले भने, ‘त्यसलाई जोगाउने दायित्व राज्यको पनि हो। तर, यहाँ राज्यको नेतृत्व तहले हामीमाथि अन्याय गरिरहेका छन्।’ 

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भने आदिवासी जनजातिको हक अधिकारका लागि दस वर्षे सशस्त्र संघर्षले मह¤वपूर्ण भूमिका खेलेको दाबी गरिन्। ‘उक्त संघर्षमा मगर जातिको पनि मह¤वपूर्ण योगदान रह्यो,’ दाहालले भनिन्, ‘जसले गर्दा आज मगरकै छोरो सत्तामा पुग्न सफल भएका छन्।’

images
प्रकाशित मिति :फाल्गुण १५, २०७९ सोमवार - २०:२९:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology