Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको म्याग्देमा निःशुल्क आँखा शिविर शुरु, पहिलो दिन २०५ जनाको आँखा परिक्षण

तनहुँको म्याग्देमा निःशुल्क आँखा शिविर शुरु, पहिलो दिन २०५ जनाको आँखा परिक्षण

images

इच्छाकामना न्युज

१४, फाल्गुण २०७९
तनहुँको म्याग्देमा निःशुल्क आँखा शिविर शुरु, पहिलो दिन २०५ जनाको आँखा परिक्षण
images

तनहुँ । म्याग्दे गाँउपालिकाको आयोजनामा निशुल्क आँखा शिविर शुरु भएको छ । म्याग्दे गाँउपालिकाको अध्यक्ष श्रीप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा गाँउपालिका र श्री सुर्य नेपाल प्रा.लि.को आर्थिक सहयोगमा निशुल्क आँखा शिविर संचालन भएको हो ।  

शिविरको पहिलो दिन २०५ जनाको आँखाको परिक्षण गरिएको छ भने जसमा महिला १२६ जना र पुरुष ७९ जना रहेका छन् । उपचारको क्रममा ३ जनाको जलविन्दु र १५ जनाको मोतिविन्दु भएको पाईएको छ । निजहरुलाई थप स्वास्थ्य उपचारका लागी हिमालय आँखा अस्पताल पोखरा रिफर गरिएको पालिकाका स्वास्थ्य शाखाका प्रमुख दिनेश पण्डितले वताउनुभयो । जलविन्दु र मोतिविन्दु भएको विरामीको निशुल्क आँखाको उपचार हुने हिमालय आँखा अस्पतालले जनाएको छ । 

यसैगरि शिविरमा २०५ जनालाई विभिन्न आँखा सम्वन्धि औषधी समेत वितरण गरिएको छ भने १२५ जना आँखाको विरामीलाई चस्मा वितरण गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो । 

सोही अवसरमा प्रहिलो चरणको कोभिड खोप ६ जनालाई र दोश्रो चरणको खोप १२० जनालाई लगाईएको छ । शिविरमामा आँखाको समान्य परिक्षण, उमेरका कारण नजिक नदेख्ने समस्या भएकाहरुको उपचार, मोतिविन्दु भएको ज्येष्ठ नागरिक विरामीको पहिचान र रिफर गरिनेछ । 

कार्यक्रमका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिका जनताको स्वास्थ्यमा अति नै संवेदनशिल रहेको वताए । जनता नै सर्वोपरि भएको हुदाँ जनताको स्वास्थ्य जस्तो विषयमा पालिकाले सदैव भुमिका खेल्ने हुदाँ आवश्यकताका आधारमा थप कार्यक्रम ल्याईने वताए । यस भन्दा अगाडी पालिकाले एकीकृत घुम्ति शिविर संचालन गरेर जनतालाई सेवा दिईसकेको छ । त्यसक्रममा पाठेघरको मुखको क्यान्सर देखिएको विरामीलाई उपचारको लागी छिट्टै व्यवस्था समेत गरिने अध्यक्ष श्रेष्ठले वताए । 

सो क्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जीवनको सवैभन्दा महत्वपुर्ण आँखाको उपचार र स्याहारमा ध्यान दिनुपर्ने वताए । आँखाको ज्योति जीवन हो । यसको उपचारमा पालिका गम्भिर छ । यसैगरि पालिकाले यसपछि दाँतको निशुल्ःक उपचार गर्न लागेको समेत उपाध्यक्ष घिमिरेले वताउनुभयो ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले पालिकाले गर्दे आएको कामको वारेमा जानकारी दिनुभएको थियो । सो कार्यक्रममा पालिकाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, हिमालय आँखा अस्पताल, सुर्य नेपाल प्रा.लि, तनहुँ हाईड्रो पावरका प्रमुखहरुले सम्वोधन गर्नुभएको थियो भने स्वास्थ्य शाखाका प्रमुख तिलक घिमिरेले कार्यक्रमको संचालन गरेका थिए । 

१४ गते वाट शुरु भएको कार्यक्रम १५ गते मीन मावि थर्पु र १६ गते जामुने स्वास्थ्य चौकी जामुनेमा हुने गाँउपालिकाले जनाएको छ ।  

images
प्रकाशित मिति :फाल्गुण १४, २०७९ आइतवार - २१:१०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology