Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तमू (गुरुङ) सञ्चारकर्मी संघ रुपन्देहीको अध्यक्षमा चित्र बहादुर गुरुङ चयन

तमू (गुरुङ) सञ्चारकर्मी संघ रुपन्देहीको अध्यक्षमा चित्र बहादुर गुरुङ चयन

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
तमू (गुरुङ) सञ्चारकर्मी संघ रुपन्देहीको अध्यक्षमा चित्र बहादुर गुरुङ चयन
images

रुपन्देही । तमू (गुरुङ) सञ्चारकर्मी संघ रुपन्देहीको जिल्ला अध्यक्षमा चित्र बहादुर गुरुङ चयन भएको छ । संघको आज सम्पन्न रुपन्देही जिल्लाको प्रथम अधिवेशनले अध्यक्षमा गुरुङलाई चयन गरेको हो । अधिवेशनले गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ ।

images
images

जसअनुसार संघको उपाध्यक्षमा निरु गुरुङ (मनु), सचिवमा बिष्णु गुरुङ, कोषाध्यक्षमा सन्जय गुरुङलाई चयन गरेको छ। 

यस्तै सदस्यहरुमा राम बहादुर गुरुङ, खिनु गुरुङ, नरेश गुरुङ, लभसन गुरुङ र पोबिन्द्र गुरुङ चयन भएका छन । 

तमु ह्युला छोज धि गुरुङ राष्ट्रीय परिषद रुपन्देहीमा भएको कार्य समितिको पहिलो बैठकले वरिष्ठ सल्लाहकारमा भिम प्रसाद गुरुङ, देबराज गुरुङ र कोम बहादुर गुरुङ (कुमार)लाई चयन गरेको छ। 

त्यसै गरि बैठकले तमु ह्युला छोज धीं गुरुङ राष्ट्रीय परिषद रुपन्देही जिल्ला समिति संरक्षक रहने तय गरेको छ। प्रमुख अतिथि तमु ह्युला छोज धींका सचिव ओम प्रकाश गुरुङ, कोषाध्यक्ष मन प्रसाद गुरुङको पनि सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २१:१९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology