Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ब्राइट स्टार समाज नेपाल चितवनको चौथो साधारणसभा सम्पन्न

ब्राइट स्टार समाज नेपाल चितवनको चौथो साधारणसभा सम्पन्न

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
ब्राइट स्टार समाज नेपाल चितवनको चौथो साधारणसभा सम्पन्न
images

चितवन । ब्राइट स्टार समाज भरतपुरको चौथो साधारणसभा विविध कार्यक्रमका बीच सम्पन्न भएको छ । भरतपुर २ क्षेत्रपुरमा रहेको समाजले भरतपुर २ क्षेत्रपुरका वडा अध्यक्ष मनोज रानाभाटको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका सभापति शम्भु राउत, मन्जु असाहय संरक्षणकी मन्जु खाण टोल सुधारका अध्यक्ष लक्ष्मण सुवेदी संस्थाका सल्लाहकार नारायण सापकोटाले मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मनोज रानाभाटले संस्थामा आश्रित बालबालिकाहरुलाइ आवश्यक सहयोग गर्ने बताउनु भएको थियो भने कार्यक्रमका सभापति संस्थाका अध्यक्ष दामोदर देवकोटाले उपस्थिति सम्पूर्णलाइ धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो ।

कार्यक्रम संचालन कृष्ण प्रसाद सापकोटाले गर्नु भएको थियो । हाल ब्राइट स्टार समाजमा ८ जना छोरी र १ जना छोरा गरि ९ जना बालबालिका संरक्षणमा छन।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २०:३१:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology