Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँका ट्याक्टर व्यवसायीद्वारा माघ २ गते देखि आन्दोलन गर्ने घोषणा

तनहुँका ट्याक्टर व्यवसायीद्वारा माघ २ गते देखि आन्दोलन गर्ने घोषणा

बि.बि. श्रेष्ठ

१, माघ २०७७
तनहुँका ट्याक्टर व्यवसायीद्वारा माघ २ गते देखि आन्दोलन गर्ने घोषणा
images

तनहुँ, १ माघ । प्राकृतिको श्रोत साधनमाथी व्यास नगरपालिकाले टेण्डरमा आव्हान गरेभन्दा वढि शुल्क लिएको भन्दै व्यवसायीहरुले आन्दोलनको घोषणा गरेको छ । तनहुँ टयाक्टर व्यवसायी समिती तनहुँले व्यास नगरपालिकाले प्राकृतिक श्रोत साधनको करमा अत्याधिक राजश्व लिएर व्यवसायीको व्यवसाय धरापमा पारेको भन्दै आन्दोलनको घोषणा गरेको हो ।
नगरपालिकाले दुईपटक टेण्डर प्रक्रिया गर्दा प्रति घनफुट रु ७ कायम गरेको तर ठेक्का नलागेपछि नगरपालिका आफैले संचालन गरेको घाटमा व्यवसायीसँग प्रतिघन फुट रु १२ उठाएको भन्दै विरोध गरेको हो । सो विषयमा छलफल गर्दा कुनै निष्कर्ष ननिस्किएपछि व्यवसायीले यहि माघ २ गतेदेखि टयाक्टरको विरोध आन्दोलन सुरु गर्न लागको संस्थाको सचिव ज्ञानेन्द्र वस्यौलाले जानकारी दिनुभयो । नगरपालिकाले निर्धारण गरेको कर र उठाएको करमा धेरै असमानता रहेको छ । यो असमानताले उपभोक्ता र व्यवसायीले धान्न सक्दैन, मुल्य समायोजन गर्नका लागी नगरपालिकाले तत्परता नदेखाएको हुदाँ आन्दोलनको घोषणा गरेको हौ, सचिव ज्ञानेन्द्र वस्यौलाले जानकारी दिनभयो । 
सरकोकारवाला समस्या समाधान गर्नका लागी तत्परता देखिएन, टार्ने र पेल्ने प्रवृत्ति देखियो यसैले गर्दा आन्दोलन गर्न वाध्य भएका हौ,संस्थाका उपाध्यक्ष शिव खत्रीले भने । यस वारेमा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठसँग धारणा वुझदा नगरपालिकाको विशेष नगरसभाले पास गरेको विषयमा तत्काल निर्णय दिन नसकिने वताए । विशेष नगरसभावाट भएको निर्णय व्यक्तिले उल्टाउन सक्दैन, केहि समय पछि हुने नगरसभामा प्रस्ताव लैजाने भन्दा भन्दै व्यवसायीले तत्काल माग पुरा गर्न दवाव दिनुभयो, जुन स्वीकार्य हुन सक्दैन । व्यवसायीको माग नगरसभामा लगेर छलफल गर्नका लागी भन्यौ, तर उहाँहरु मान्नुभएन, प्रवक्ता श्रेष्ठले भने ।

images
images

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:०५:०२ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology