Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न 

प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न 

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानिय स्तरवाट नै पहल गर्नुपर्ने : अध्यक्ष श्रीप्रसाद श्रेष्ठ

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न 
images

तनहुँ । म्याग्दे गाँउपालिका वडा नं ६ मा रहेको श्री प्रभा आधारभुत विद्यालयको ६२ औ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको  छ । विद्यालय व्यवस्थापन समितीको अध्यक्ष विनोद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथीमा म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ रहनु भएको थियो ।

वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गर्दे अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयको गुणस्तर सुधार्न स्थानिय स्तरवाट नै पहल गर्नुपर्ने वताए । संस्थागत विद्यालयमा पढाउन ठुलो खर्च गर्ने अभिभावकहरु सामुदायिक विद्यालयलाई उपेक्षा गर्दा यसको विश्वासनियता नै घटेको समेत वताउनुभयो । सरकारी विद्यालयको शिक्षकहरु हरेक पक्षमा सवल हुदाँ हुदाँ पनि स्थानिय वासीहरुले वेवास्ता गर्दा यसको महत्व घटेको समेत वहाँले वताए । राज्यले आम नागरिकलाई शिक्षामा पहुँच वनाउनको लागी ठुलो खर्च गरेको तर त्यसको उपयोगिता नहुदाँ सरकारी विद्यालय र शिक्षक नै उपेक्षामा परेको समेत वताउनुभयो । 

आधुनिकताको नाममा संस्थागत विद्यालयमा पढाउने होडवाजीले शिक्षा क्षेत्रमा नै विकृति निम्तिएको हुदाँ सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नुको विकल्प नभएको समेत वहाँले वताउनुभयो । सरकारी विद्यालयले नै विद्यार्थीको अभिन्न अंग वनेको हुदाँ स्थानिय समुदाय नै विद्यालयको गुणस्तर वनाउन लाग्नुपर्ने समेत वहाँले वताउनुभयो । 

यसैगरि कार्यक्रमका विशिष्ट अतिथी म्याग्दे ६ का वडाध्यक्ष हिरा गुरुङले आम नागरिकले आफनो भुमिका वहन नगर्दा सरकारी विद्यालयप्रति आम जनताको नैराश्यता वढेको वताउनुभयो । संंस्थागत विद्यालयमा पढाउनका लागी अभिभावकले विद्यार्थीमा ठुलो लगानी गरेको तर त्यहि शिक्षा प्राप्त हुने सरकारी विद्यालयमा भने त्यहि विद्यार्थीलाई गरिने व्यवहारमा विभेद भएको वताए । वोडिङ्गमा माशिक फि तिर्न सक्ने, विद्यार्थीलाई ड्रेस किन्न सक्ने, विभिन्न नाममा चर्को शुल्क लिने वोडिङ्गमा जे गरेता पनि नवोल्ने अभिभावक सरकारी विद्यालयमा सरकारले गरेको लगानीमा भने सधै प्रश्न चिन्ह खडा गर्ने वताए । 

विद्यालयको प्रधानाध्यापकले वार्षिकउत्सव कार्यक्रममा विद्यालयको आर्थिक तथा भौतिक प्रतिवेदन पेश गरेका थिए भने सोही अवसरमा विभिन्न विद्यालयमा योगदान दिने चन्दादाता, समाजसेवीलाई सम्मान समेत गरिएको थियो ।  

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २०:२१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology