Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा : कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट

चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा : कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट

images

इच्छाकामना न्युज

१३, फाल्गुण २०७९
चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा : कमजोर शारिरीक क्षमता भएकालाई निःशुल्क प्रशिक्षण, अन्यलाई ५० प्रतिशत छुट
images

चितवन । चितवनमा चारजना युवाको संयुक्त लगानीमा अत्यधुनिक ड्राईभिङ्ग स्कुल सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ मा  चितवन ड्राईभिङ्ग स्कुल सञ्चालनमा ल्याईएको हो । संस्थाले  आज भरतपुरमा पत्रकार सम्मेलन गरी आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको  जानकारी दिएको हो ।

औपचारिक रुपमा स्कुल सञ्चालनमा आएसंँगै एकसाताको लागि ५० प्रतिशत छुट सुविधा उपलब्ध गरिएको सञ्चालक माधव प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार  चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निःशुल्क सवारी चालक प्रशिक्षण दिन पनि शुरु गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई निशुल्क सवारी चालक प्रशिक्षण दिन शुरु गरिएको अधिकारीले बताए   ।
‘यस भन्दा अघि पांँचजनाले निशुल्क सवारी चालक प्रशिक्षण लिईरहनु भएको छ । आजबाट स्कुल औपचारिक रुपमा सञ्चाललनमा आएसंँग आवश्यकता अनुसार अन्य त्यस्ता व्यक्तिलाइ निःशुल्क प्रशिक्षण दिनेछौं ।’ अधिकारीले भने  ।

दक्ष सवारी चालक बनाउन र दुर्घटना न्यूनिकरणको गर्ने उद्धेश्यसहित संस्थाले सवारी चालक प्रशिक्षण शुरु गरेको हो  दक्ष अनुभव प्रशिक्षक द्धारा सवारी साधनको सैदान्तिक तथा व्यवहारिक ज्ञान संँगै परामर्श दिइने अर्का सञ्चालक विवेकजंग थापाले जानकारी दिए  ।

नेपाल सरकारको सवारी चालक निर्देशिका २०७४ बमोजिम  सबै मापदण्ड पुरा गरी चितवनमै पहिलोपटक आधिकारिक मान्यता प्राप्त गरी सञ्चालनमा ल्याईएको थापाले बताए  । चितवन  तथा छिमेकी जिल्लालाई लक्षित गरीे दक्ष प्रशिक्षक द्धारा प्रशिक्षण दिई कुशल चालक उत्पादन गर्ने र सबै चालकहरुलाई सवारी अनुमति पत्रको पहुंँच पुर्याउने  उद्धेश्यले सञ्चालनमा ल्याईएको थापाको भनाई छ ं ।

अत्यधुनिक पूर्वाधार सहित यो  ड्राईभिङ्ग स्कुलमा यातायात विज्ञ माधव प्रसाद अधिकारी सहित काठमाडौं र स्थानीय युवा  राजन क्षेत्री , विवेक जंग थापा र रामनारायण घिमिरेले करीब  करीब ५ करोड लगानीमा यो स्कुल सञ्चालनमा ल्याएका हुन्  ।  

अत्यधुनिक पूर्वाधार र सेवा सहित दुईविघा क्षेत्रफलमा फैलिएको यो स्कुलमा प्रशिक्षार्थीलाई लक्षित गरी हाल दश जना प्रशिक्षक द्धारा एकैपटक २० जना भन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिने क्षमता यस स्कुलको रहेको छ । हाल स्कुलमा मोटरसाइकल, स्कुटर, अटो र हलुका चारपांँग्रे सवारी साधन प्रशिक्षणको सुविधा रहेको छ ।

प्रशिक्षार्थीको माग र आवश्यकता अनुसार भविष्यमा अन्य सवारी साधनको लागि पनि प्रशिक्षण दिने तयारी संस्थाले गरेको छ ।
 आगामी दिनमा ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम तथा सचेतना जस्ता विषयलाई पनि सँगै लैजाने योजना रहेको अर्का सञ्चालक रामनारायण घिमिरेले बताए ।

यस स्कुललाई देशकै नमुना ड्राइभिङ स्कुलमात्र नभै सवारी सुरक्षा सम्बन्धी अध्ययन केन्द्रको रुपमा विकास गर्ने  लक्ष्य रहेको उनको भनाई छ । भविष्यमा  अन्य जिल्लामा पनि शाखा विस्तार गरी दक्ष चालक उत्पादन गरी दुर्घटना न्यूनिकरण गर्दै सवारी आगवनमा सहज पुग्ने ध्येयका साथ अघि बढ्ने संस्थाको  योजना रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १३, २०७९ शनिवार - २०:१८:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology