Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भरतपुरको गणेशस्थानमा दाउरा प्रहार गरी छोराले गरे आफ्नै आमाको हत्या

भरतपुरको गणेशस्थानमा दाउरा प्रहार गरी छोराले गरे आफ्नै आमाको हत्या

images

इच्छाकामना न्युज

११, फाल्गुण २०७९
भरतपुरको गणेशस्थानमा दाउरा प्रहार गरी छोराले गरे आफ्नै आमाको हत्या
images

चितवन । भरतपुर महानगरपालिका–११ ग्णेशस्थानमा छोराले मादक पदार्थ सेवन गरी दाउराले हानेर आफ्नै आमाको हत्या गरेका छन् । चितवन प्रहरीको अनुसन्धान अनुसार बुधबार राति ९ बजे ७८ वर्षीय आमा मिना कुमारी घलेलाई आफ्नै छोरा ४० वर्षको पुरन घलेले हत्या गरेका हुन् ।

मिना कुमारी आफ्नै घरको कोठामा टाउकोमा चोट लागी मृत अवस्थामा रहेको अवस्थामा प्रहरीले भेटेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी नायव उपरीक्षक विजयराज पण्डितको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर लाशको मुचुल्का उठाएको थियो । आमा छोराबीच बिवाद हुँदा लाठी (दाउरो) ले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

तत्काल घटना स्थलबाट फरार अभियुक्त पुरन घलेलाई खोजतलास गर्दा आज बिहीबार बिहान घर नजिकै रहेको चौरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको छ । चितवन जिल्ला अदालतबाट कर्तब्य ज्यानसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण ११, २०७९ बिहिवार - २१:४८:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology