Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तमू समाज युकेका पूर्व अध्यक्ष शिवचन्द्र गुरुङको परिवारद्वारा विद्यार्थी र शिक्षकलाई न्यानो कपडा वितरण

तमू समाज युकेका पूर्व अध्यक्ष शिवचन्द्र गुरुङको परिवारद्वारा विद्यार्थी र शिक्षकलाई न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

१०, फाल्गुण २०७९
तमू समाज युकेका पूर्व अध्यक्ष शिवचन्द्र गुरुङको परिवारद्वारा विद्यार्थी र शिक्षकलाई न्यानो कपडा वितरण
images

स्याङ्गजा । स्याङ्गजाको फेदीखोला गाउँपालिका वडा नं २ देउराली स्थित देउराली आधारभुत विध्यालयमा अध्यनरत विध्यार्थी र शिक्षकहरुलाई न्यानो कपडा वितरण गरेको छ । स्थानीय समाजसेवी तमू समाज युकेका पूर्व अध्यक्ष शिवचन्द्र गुरुङ र उनका छोरा संगम गुरुङले विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकहरुलाई न्यानो कपडा वितरण गरेको हो ।

विद्यालयमा अध्ययनरत १७ जना विध्यार्थी र ५ जना शिक्षक गरि २२ जना लाई जुत्ता, मोजा, शर्ट, पाइन्ट, स्विटर र स्टेशनरी सामान गरि करिब ५० हजार बराबरको सामाग्री बितरण गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यमबहादुर गुरुङले जानकारी दिए । 

332338460_3533969470168598_29450954886240293_n.jpg

आफुहरुले विगत केही वर्षदेखि नै सहयोग गर्दै आइरहेको शिवचन्द्र गुरुङले बताए । साथै आफूले सानोमा अध्ययन गरेको विद्यालयमा यसरी न्यानो कपडा बितरण गर्न पाउँदा विद्यार्थी भाइबहिनीहरुसँग एकछिन बस्न पाउदा आफ्नो बाल्यकालको सम्झना आउने उनलेबताए ।

यस्तै विद्यालयका प्रधानाध्यापक धनबहादुर केसीले पछिल्लो समय विद्यालयमा विद्यार्थी जोगाउनै हम्मेहम्मे परेको बताए । ‘पहिले यहि विद्यालयमा धेरै विद्यार्थीहरु थिए, अहिले रोजगारी, बसाइँ सराइले गर्दा कम भो, अब स्कुल जोगाउनै गाह्रो भो, कुन दिन मर्ज हुने हो’ उनले भने ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २२:०४:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology