Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नागरिक बचाउ अभियान लिएर दुर्गा प्रसाई शनिवार चितवन आउने

नागरिक बचाउ अभियान लिएर दुर्गा प्रसाई शनिवार चितवन आउने

इच्छाकामना न्युज

१०, फाल्गुण २०७९
नागरिक बचाउ अभियान लिएर दुर्गा प्रसाई शनिवार चितवन आउने
images

चितवन । देशव्यापी रुपमा नागरिक बचाउ अभियान सुरु गरेका व्यवसायी दुर्गा प्रसाई शनिवार चितवन आउने भएका छन् । राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालले बुधबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रसाई चितवनको कार्यक्रममा सहभागि हुन लागेको जानकारी दिएको हो ।

images
images

कार्यक्रम संयोजक पदम पाण्डेका अनुसार कार्यक्रम शनिवार दिउसो १२ः३० बजे नारायणी नदी किनारमा हुनेछ । पाण्डेले दुर्गा प्रसाईको अभियान राष्ट्र बचाउने अभियान भएको दावी गरे । चितवनको कार्यक्रममा सयौंको सहभागिता रहने उनको भनाई छ । बैंक तथा वित्तिय संस्थाको आतंक र वेतिथि विरुद्ध देशव्यापी अभियान सुरु भएको पाण्डेले बताए । कार्यक्रममा उपस्थिति हुन सबैलाई आयोजकले अनुरोध गरेको छ ।

फागुन १ गते मेचीबाट पूर्वराजा ज्ञानेन्द्र शाहको प्रमुख आतिथ्यतामा सुरु भएको अभियानको निरन्तरता स्वरुप चितवनमा पनि कार्यक्रम हुन लागेको हो । बर्दिया, धनगढीमा पनि कार्यक्रम सम्पन्न भइसकेको छ ।

images
प्रकाशित मिति :फाल्गुण १०, २०७९ बुधवार - २१:४९:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology