Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

धादिङको थाक्रेबाट चितुवाको छाला सहित २ जना पक्राउ

धादिङको थाक्रेबाट चितुवाको छाला सहित २ जना पक्राउ

images

इच्छाकामना न्युज

२, फाल्गुण २०७९
धादिङको थाक्रेबाट चितुवाको छाला सहित २ जना पक्राउ
images

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले चितुवाको छाला सहित २ जनालाई पक्राउ गरि आज मंगलबार सार्वजनिक गरेको छ । आज एक प्रेस विज्ञप्ती मार्फत पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर १ चापाखर्कका ३० वर्षिय दिपक मोक्तान र ४५ वर्षिय सुविन्द्र मोक्तान रहेका छन् ।

थाक्रे गाउँपालिकाको वडा नम्बर २ मा बाघको छालाको कारोवार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट प्रहरी निरिक्षक डबल बहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोलीले फागुन १ गते १ बजेकोे समयमा मकवानपुर कैलाश गाउँपालिका देखी महादेवबेशी तर्फ आउने आग्रा मोरिया सडक खण्डमा बाघको चितुवाको सिंगो (पुरै) छाला सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई आवश्यक कानुनी कारवाहीको लागि डिभिजन वन कार्यालय धादिङलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय धादिङले ५ जना फरार प्रतिवादीहरुलाई पनि पक्राउ गरेको छ । लागू औषध मुद्दाका ३ जना, बैंकिङ कसुर र बैदेशिक रोजगार ठगी मुद्दाका एक/एक जना गरि ५ जना लाई पक्राउ गरि धादिङ जिल्ला अदालतमा पेश गरिएको जनाएको छ ।

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - २०:३८:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology