Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

स्वतन्त्र पार्टीले चितवन २ मा रवि लामिछानेलाई नै उम्मेदवार बनाउने

स्वतन्त्र पार्टीले चितवन २ मा रवि लामिछानेलाई नै उम्मेदवार बनाउने

images

इच्छाकामना न्युज

२९, माघ २०७९
स्वतन्त्र पार्टीले चितवन २ मा रवि लामिछानेलाई नै उम्मेदवार बनाउने
images

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा सो पार्टीका सभापति रवि लामिछानेलाई उमेदवार बनाउने तयारी गरेको छ । यसअघि पत्रकार सम्मेलनमा पनि सो पार्टीका सभापति लामिछानेले छिटो निर्वाचनको मिति घोषणा गर्न माग गरेका थिए ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले दिएको जानकारीअनुसार उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्नेछन् । यसअघि भएको निर्वाचनमा उनी यही निर्वाचन क्षेत्रबाटै उमेदवार बनेका थिए । उनले अमेरिकाको नागरिकता लिएको समयमा नेपालको नागरिकता त्याग नगरेको र पछि सोही आधारमा चुनाव लडेको भन्दै सर्वोच्च अदालतले उनलाई अयोग्य ठहर गरेपछि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा पनि लामिछाने नै उमेदवार बन्ने बोहोराको प्रतिक्रिया छ ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १९:४५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology