Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन-२ मा मै हुँ उम्मेदवार, उपनिर्वाचनमा जित्छुः उमेश श्रेष्ठ

चितवन-२ मा मै हुँ उम्मेदवार, उपनिर्वाचनमा जित्छुः उमेश श्रेष्ठ

images

इच्छाकामना न्युज

२९, माघ २०७९
चितवन-२ मा मै हुँ उम्मेदवार, उपनिर्वाचनमा जित्छुः उमेश श्रेष्ठ
images

चितवन । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा आफू नै उम्मेदवार भएको बताएका छन् । यसका लागि पार्टीको निर्णय पनि कुर्ने नेता श्रेष्ठ बताउँछन् । निर्वाचन आयोगले आगामी वैशाख १० गतेका लागि उपनिर्वाचनको मिति तय गरेको छ ।

गत ४ मंसिरमा भएको निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, उनले अमेरिकन नागरिकता त्यागेर पुनः नेपाली नागरिकता लिने प्रक्रिया पुरा नगरेको भनी सर्वोच्च अदालतले उम्मेदवार नै हुन अयोग्य रहेको फैसलया गर्यो । रिक्त भएको स्थानमा उपनिर्वाचन हुने भएपछि कांग्रेस नेता श्रेष्ठले आफू तयारीमा जुट्ने बताएका हुन् ।

‘निर्वाचन आयोगले निर्णय गर्यो । मैले आफूलाई विजयी घोषित गरियोस् भन्ने माग पनि राखेको छु’ श्रेष्ठले भने, ‘जे गर्न परे पनि गर्छु । तर, चितवन २ मा फेरि पनि मै हुँ उम्मेदवार । पार्टीको निर्णय पनि कुर्छु ।’ उम्मेदवार बनेभने चुनाव जित्छु ।

नेता उमेश श्रेष्ठले सर्वोच्च अदालतले चितवन क्षेत्र नम्बर २ बाट विजयी रवि लामछानेलाई सांसद नरहने निर्णय गरेसँगै आफूलाई स्वतः विजयी घोषणा गर्नुपर्ने मागसहित निर्वाचन आयोग निवेदन दिएका थिए । उनको निवेदनउपर निर्वाचन आयोगले केही निर्णय गरेको छैन् ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १९:३९:५३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology