Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन २ मा उपनिर्वाचन : यस्तो छ कार्यतालिका

चितवन २ मा उपनिर्वाचन : यस्तो छ कार्यतालिका

images

इच्छाकामना न्युज

२९, माघ २०७९
चितवन २ मा उपनिर्वाचन : यस्तो छ कार्यतालिका
images

चितवन । पद रिक्त रहेको कारण प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ मा आउँदो २०८० वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले वैशाख १० मा उपनिर्वाचन गर्ने निर्णय गरेको हो । आयोगले निर्वाचन तालिका समेत सार्वजनिक गरेको छ ।

जसअनुसार आउँदो चैत २० गते उम्मेदवारहरुको मनोनयन दर्ताको कार्यतालिका रहेको छ । चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२ मा मनोयनपत्र र उजुरीउपर जाँचबुझ गरि निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

त्यसैगरि चैत २३ गते उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरि उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

आयोगले निर्वाचन तालिका अगावै मतदाता नामावली अद्यावधिक कार्यक्रम संचालन गर्नेछ । भोलि (फागुन १ गते)देखि चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । गत मंसिर ४ गते भएको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता खारेज गरेसंगै उनको सांसद पद समेत खारेज भएको थियो ।

सोही अनुरुप रिक्त रहेको उक्त पदमा निर्वाचनबाट नै पदपुर्ति गर्न सकिने कानुनी व्यवस्था भएकाले आयोगले उपनिर्वाचन गर्न लागेको हो ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १९:३५:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology