Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

प्रणय दिवसको अवसर पारेर सेन्ट्रल कलेजमा प्रेमको आयामबारे छलफल

प्रणय दिवसको अवसर पारेर सेन्ट्रल कलेजमा प्रेमको आयामबारे छलफल

images

इच्छाकामना न्युज

२९, माघ २०७९
प्रणय दिवसको अवसर पारेर सेन्ट्रल कलेजमा प्रेमको आयामबारे छलफल
images

चितवन । चितवनको नरायणगढमा मुख्य कार्यालय रहेको सेन्ट्रल कलेजले प्रणय दिवसको अवसर पारेर ‘प्रेमको आयाम’ विषयमा छलफल गरेको छ । सोच परिवर्तन नेपाल, सरल नेपाललगायतका संस्थाहरुसँगको सहकार्यमा कलेजले शनिबार छलफल कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा सहभागीहरुले प्रेमको परिभाषा दिँदै प्रेम जुनसुकै समयमा जोकोहीसँग पनि हुनसक्ने बताए । सो कार्यक्रममा ‘मोटिभेसनल वक्ता’ इश्वर गैरेले प्रेमको विभिन्न ६ वटा आयामहरु हुने उल्लेख गर्नुभयो । कसैले पनि निःस्वार्थ भावले प्रेम नगर्ने भन्दै गैरेले व्यक्तिले कुनै न कुनै स्वार्थ राखेर प्रेम गर्ने बताउनुभयो ।

अधिकांश युवाहरु विपरित लिङ्गी प्रतिको आकर्षणमा प्रेममा पर्ने गरेका उल्लेख गर्दै त्यो मात्रै प्रेम नभएको गैरेको भनाइ छ । गैरेले युवायुवतीबीचको प्रेम सम्बन्ध विछोडिनुमा अर्को व्यक्तिको हात हुने भन्दै विछोड हुँदा दुःख मनाउन गर्नु व्यर्थ भएको बताउनुभयो । एउटा सम्बन्ध तोडिएको अवस्थामा अर्को नयाँ सम्बन्धको विकास हुने गैरेले बताउनुभयो ।

कार्यक्रममा युवा अभियान्ता अर्जुन भुसालले प्रेममा जात, उमेर, धर्म, पेसा, हैसियत केही पनि नहेरिने बताउनुभयो । युवायुवतीबीच हुने प्रेममा एकअर्काले सबै कुरा प्रष्ट भन्नुपर्ने भन्दै झुटको आधारमा बनेको सम्बन्ध टिकाउन नहुने प्रष्ट पार्नुभयो । सबै उमेर समूहका व्यक्तिमा प्रेम हुने भएपनि कोशोरावस्थापछिको प्रेममात्रै परिपक्व हुने भुसालको भनाइ थियो ।

साहित्यकार आकाश पौडेलले प्रेमको परिभाषा यही हो भनेर किटान गर्न नसकिने बताउनुभयो । प्रेमलाई व्यक्तिअनुसार फरक फरक तरिकाले परिभाषित गर्न सकिने भन्दै घरपरिवार, साथीभाइ, आफन्त, युवायुवतीबीच हुने प्रेम फरक प्रकृतिका हुने बताउनुभयो । प्रेमले मानिसलाई नजिक बनाउने र जीउने आधार सिकाउने पौडेलको भनाइ थियो ।

सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास (वाईबी) पौडेलले प्रेम सम्बन्धको बारेमा खुलेर कुरा गर्नुपर्ने बताउनुभयो । प्रेम सम्बन्ध भनेको एकअर्काबीचको विश्वासको वातावरण भएको भन्दै केही क्षणको आकर्षणलाई प्रेम भन्न नमिल्ने बताउनुभयो । युवायुवतीबीच सामान्य कुरामा खटपट भएको अवस्थामा सम्बन्ध बिग्रनसक्ने भन्दै पौडेलले त्यस्तो प्रेमका कारण दुखित हुन नहुने बताउनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले प्रेमको सम्बन्ध तथा आफूहरुको भोगाइबारे छलफल गरेका थिए । किशोर तथा युवावस्थाका विद्यार्थीहरु सहभागी कार्यक्रममा उनीहरुले एउटा प्रेम असफल हुँदैमा जिन्दगी नै बिग्रिएको ठान्न नहुनेमा जोड दिँदै आफू अझ बलियो भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।

images
प्रकाशित मिति :माघ २९, २०७९ आइतवार - १०:०८:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology