गोरखा । बारपाक सुलिकोट गाउँपालिकामा फागुन १ गते सार्वजनिक विदा दिइएको छ ।
गाउँ कार्यपालिकाको गत सोमबार बसेको वैठकले जनयुद्धको दिवसको अवसरमा फागुन १ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
यस अवसरमा पालिकाअन्तरगत कार्यालय, शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम आचार्यले बताए ।
सोहिदिन राष्ट्र निर्माणमा शहिदको योगदान विषयमा गाउँपालिका स्तरीय अन्तरमावि वक्तृत्वकला प्रतियोगिता हुने उनले जानकारी दिए ।
साथै सोहि दिन दिपावली गरेर जनयुद्ध दिवस मनाउने निर्णय भएको पनि उनले बताए ।