Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

धनुषामा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु

धनुषामा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु

इच्छाकामना न्युज

२४, माघ २०७९
धनुषामा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु
images

धनुषा । पाँचौ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सोमबारदेखि धनुषामा सुरु भएको छ । धनुषामै पहिलो पटक आयोजना भइरहेको राष्ट्रिय महिला हक्की प्रतियोगिता मिथिला नगरपालिका २ नक्टाझिजस्थित हिमालय युवा क्लवको खेल मैदानमा भईरहेको छ । प्रतियोगिता माघ २८ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

images
images

लिगचरणमा आयोजना भएको राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपालका ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) गरी सात वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टिमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा बागमती, सुदूरपश्चिम र गण्डकी प्रदेशको टिम रहेका छन् भने समूह ‘बी’ मा प्रदेश १, लुम्बिनी, मधेश र नेपाल आर्मीको टिम रहेका छन् ।

प्रतियोगितामा जम्मा १३ वटा खेल हुने र प्रत्येक दिन खेलाडीहरुलाई म्यान अफ दि म्याचकोे पुरस्कार स्वरुप नगद २ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा प्रथम हुने टिमलाई रु.७५ हजार, दोस्रो हुनेलाई रु.४० हजार र तेस्रो हुने टिमलाई रु.२५ हजार नगद पुरस्कार र शिल्ड प्रदान गरिनेछ ।

नेपाल हक्की सङ्घ र मिथिला नगरपालिकाको संयुक्त आयोजनामा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा आज पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र बागमति प्रदेश, दोस्रो खेलमा गण्डकी प्रदेश र प्रदेश १ र तेस्रो खेलमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।  

 

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०९:११:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology