Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

चिराईतोको भाउ बढेपछि ताप्लेजुङका किसान खुसी 

चिराईतोको भाउ बढेपछि ताप्लेजुङका किसान खुसी 

इच्छाकामना न्युज

२४, माघ २०७९
चिराईतोको भाउ बढेपछि ताप्लेजुङका किसान खुसी 
images

कृष्ण फुरुम्वो लिम्बू, ताप्लेजुङ । बहुमूल्य जडिबुटी चिराइतोले यस वर्ष मूल्य पाएपछि ताप्लेजुङका किसान खुसी भएका छन् । कोरोनाका कारण नाका बन्द भएर तीन वर्षदेखि निर्यात हुन नसकेर घरमै थन्क्याएर राखेको चिराईतोको मूल्य बढेपछि किसान पनि खुसी भएका हुन् । ३ वर्षअघि ४० किलोको ५ हजार रूपैँया रहेको चिराईतोको भाउ अहिले ३० हजारसम्म पुगेको छ । चिराइतो भारतमा पनि निर्यात हुन थालेपछि केही आशा पलाएको व्यवसायी पुष्पराज बरालले बताउनुभयो ।

images
images

अन्य बालीलाई जङ्गली जनावरले क्षति गर्ने भए पनि चिराईतोको स्वाद तितो हुने भएकाले खासै असर देखिँदैन । त्यसैले किसानले चिराईतोबाट शतप्रतिशत उत्पादन लिन सक्छन् । चिराईतो रोपेको करिब साढे २ वर्ष अर्थात ३० महिनापछि उखेल्न मिल्ने चिराईतो किसान धनबहादुर लिम्बूले बताउनुभयो ।

चिराईतोको भाउ घट्न थालेकाले किसानले यसको खेती घटाएका थिए । तर अहिले भने चिराईतोको मूल्य बढेपछि खेति गर्ने किसानको सङ्ख्या फेरि बढ्ने देखिएको छ । चिराईतो समुद्री सतहदेखि १२०० देखि ३००० मिटर उचाईसम्मको भूभागमा, पारिलो घाम लाग्ने, छायाँ पर्ने र दक्षिण तर्फ फैलिएको मलिलो माटो भएको ठाउँमा यसको खेति गर्न सकिन्छ । 

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०९:०४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology