Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेश सभाले पाएन ‘बिजनेस’

बागमती प्रदेश सभाले पाएन ‘बिजनेस’

images

इच्छाकामना न्युज

२४, माघ २०७९
बागमती प्रदेश सभाले पाएन ‘बिजनेस’
images

हेटौँडा । बागमती प्रदेशको प्रदेश सभाका सदस्यले नागरिकका समस्याप्रति प्रदेश सरकारलाई उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 

प्रदेश सभाको आइतबार बसेको बैठकमा शून्य समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेश सभाको बैठक समयमा सुरु नभएको र प्रदेश सभा कामविहीन भएकाले बिजनेस दिन माग गर्नुभएको थियो। 

प्रदेश सभा सदस्य अमनकुमार मास्केले बैठकमा अझै पनि केन्द्रीकृत मानसिकता रहेकाले सङ्घीयताको औचित्य साबित गर्न प्रदेशलाई अझै क्रियाशील बनाउनु आवश्यक भएको बताउनुभयो। प्रदेश सभा सदस्य आशा लामाले हरिया डाँडाकाँडालाई उजाड बनाइएको र युवा पलायन भएको अवस्था रहेको भन्दै सङ्घीयतालाई देशले धान्न नसक्ने भएकाले व्यवस्थित गर्नु आवश्यक भएको औँल्याउनुभयो।

यस्तै ईश्वर सापकोटा कृषिप्रधान देशका किसानले सडकमा तरकारी फाल्नुपर्ने अवस्था रहेकाले किसानले गरेको उत्पादनको बजार व्यवस्थापन गर्न माग गर्नुभयो। प्रदेश सभा सदस्य उत्तम जोशीले किसानले चितवनको सडकमा तरकारी फालेको प्रसङ्ग उल्लेख गर्दै विदेशबाट आएको तरकारी बजारमा बिक्री हुने र नेपाली किसानले उत्पादन गरेको तरकारी फाल्नुपर्ने अवस्थाप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रदेश सभा सदस्य उर्मिला कुमारीले ललितपुर जिल्लाको दक्षिणी क्षेत्रका जनताको अवस्था कष्टकर रहेको बताउँदै जनताको आधारभूत आवश्यकता पूरा गर्न माग गर्नुभयो। यसैगरी उर्मिला सुनुवारले नेपालबाट सक्षम युवा र प्रतिभा पलायन भइरहेकाले रोक्नुपर्नेमा जोड दिनुभयो। प्रदेश सभा सदस्य कुन्दनराज काफ्लेले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सुनिश्चित गर्न र प्रदेश सभा बैठक निर्धारित समयमा नै सुरु गर्न माग गर्नुभयो।

प्रदेश सभा सदस्य कुमारी तामाङले सिन्धुपाल्चोकका विभिन्न पालिका बसोबासका दृष्टिले जोखिम रहेकाले सुरक्षित बसोबासको व्यवस्था गर्न माग गर्नुभयो। प्रदेश सभा सदस्य कृष्णकुमार तामाङले दुई वर्षअघि मेलम्ची र इन्द्रावती नदीले ठूलो क्षति भए पनि पुनस्र्थापना, पुनर्निर्माण नभएको उल्लेख गर्दै त्यसप्रति ध्यान दिन आग्रह गर्नुभयो। 

प्रदेश सभा सदस्य गीता गुरुङले भरतपुर महानगरपालिकाका विभिन्न वडामा नारायणी नदी कटानले क्षति पु¥याएको बताउँदै तटबन्ध निर्माण गर्न माग गर्नुभयो। प्रदेश सभा सदस्य गोविन्द लम्सालले किसानको मल र बीउको समस्या समाधान गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो।  गोरखापत्रबाट

images
प्रकाशित मिति :माघ २४, २०७९ मंगलवार - ०८:५८:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology