Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नै सकस, थपिएको समयमा पनि नसक्ने

नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नै सकस, थपिएको समयमा पनि नसक्ने

images

इच्छाकामना न्युज

२०, माघ २०७९
नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नै सकस, थपिएको समयमा पनि नसक्ने
images

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्ने काम थपिएको समयमा पनि नसकिने भएको छ। निर्माण कम्पनीका अनुसार चारवटा पुलमध्ये एउटा पुलको भित्तो काट्ने काम नसकिने भएको हो।

गत पुस ५ गतेदेखि यहाँ दैनिक चार घण्टा राजमार्ग बन्द गरेर भित्तो काट्ने काम जारी छ। तर कडा चट्टानका कारण थपिएको समयभित्र काम सम्पन्न नहुने अनक कन्स्ट्रक्सनका फिल्ड सुपरभाइजर इञ्जीनियर अर्जुन निरौलाले बताए। ‘हालसम्म हामीले आठ ठाउँमध्ये चार ठाउँको भित्तो काट्ने काम सकेका छौँ। तीन ठाउँको ७० प्रतिशत काम भएको छ । तुइन र चिसेन्जी खोलाको ३० प्रतिशतमात्र काम गरेका छौँ’, निरौलाले भने, ‘तुइन खोलामा कडा चट्टान भएकाले अझ एक महिनाभित्र काम सम्पन्न गर्न कठिन छ।’

325296071_700878618184800_4826277978292972843_n.jpg

उनका अनुसार चिसेन्जी र तुइन खोलामा आठवटा ठूला मेसिनले चट्टान फोर्ने काम गरिरहेका छन्। त्यसमा ३५ जनाको जनशक्ति खटिएको छ। सवारी आवागमनका कारण भित्तो काट्ने काममा समस्या आएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालय चितवनले पहिलो चरणमा पुस ५ देखि माघ ५ गतेसम्म दिउँसो ११ देखि ३ बजेसम्म राजमार्ग नै बन्द गराएर आठवटा पुलको एकैपटक भित्तो काट्ने काम सुरु भएको थियो।

यो अवधिमा पनि काम नसकिएका कारण पुनः फागुन ५ गतेसम्मका लागि दिउँसो सडक नै बन्द गरेर काम भइरहेको छ। अहिले दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द हुँदै आएको छ। पटक–पटक म्याद थप गरे पनि कडा पहाडकै कारण ढिला भएको निर्माण कम्पनीले जनाएको छ। यसरी दिउँसो सडक बन्द गरेर काम हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन्। तराईलाई राजधानीसँग जोड्ने मुख्य राजमार्ग भएकाले यो सडकमा दैनिक हजारौँ सवारीसाधन गुड्छन्।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत १५ वटा पुल निर्माणका लागि अनक कन्ट्रक्सनले एक अर्ब २५ करोडमा २०७६ चैत ११ गते निर्माणको जिम्मा लिएको हो। समयावधि २०७९ पुस ५ गते थियो। तर समयमा काम सम्पन्न नभएपछि आयोजनाले २०८० पुस ९ गतेसम्म म्याद थप गरिदिएको छ।

यो अवधिमा खहरेखोला, खोरखोला, लामो बालुवा खोला, भोर्लेखोला, सेती दोभान, डुम्रे, सिमलताल, टोपे र नाम्चेखोलामा गरी नौवटा पुल निर्माण भइसकेका छन्। पाँचवटा पुल निर्माणाधीन छन्। जुगेडी, रिग्दीखोला, कालीखोला, तुइनखोला र सिसेन्जी खोलामा निर्माण काम जारी छ।

सवारी आवागमन बन्द गरेर काम गर्दा प्रभावकारीरूपमा काम भएको आयोजनाको दाबी छ। त्यसैका आधारमा फागुनपछि पनि दिउँसो सवारीसाधान बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए। ‘फागुन ५ गतेसम्म तुइनखोलाको दायाँ भागको भित्तो काट्ने काम सकिने अवस्था छैन’, उनले भने, ‘कडा खालको चट्टान छ, माघको अन्तिम सातासम्म कामको अवस्था हेरेर दिउँसो बन्द गर्ने÷नगर्ने निर्णय गर्छौँ।

images
प्रकाशित मिति :माघ २०, २०७९ शुक्रवार - ०९:२२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology