Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

महानगरले मेनरोडको खाल्डो नपुरेपछि वृक्षारोपण गरेर विरोध गर्दै भरतपुरवासी

महानगरले मेनरोडको खाल्डो नपुरेपछि वृक्षारोपण गरेर विरोध गर्दै भरतपुरवासी

इच्छाकामना न्युज

१८, माघ २०७९
महानगरले मेनरोडको खाल्डो नपुरेपछि वृक्षारोपण गरेर विरोध गर्दै भरतपुरवासी

चितवन । भरतपुर महानगरपालिकाले नारायणगढस्थित मेनरोडको खाल्डो नपुरेपछि स्थानीयले खाल्डोमा वृक्षारोपण गरेर महानगरको विरोध गरेका छन् । सडकमा खाल्डो परेको एक वर्ष भइसक्दा पनि पुर्ने काम नभएको स्थानीयको भनाइ छ ।

images

खाल्डोका कारण दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले सांकेतिक विरोध स्वरुप खाल्डोमा वृक्षारोपण गरेका हुन् । खाल्डो पुर्न आफुहरुले पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएको स्थानीय उमेश कँडेलले बताए ।

वडा कार्यालयले गिट्टी ल्याएर खाल्डो पुरेपनि सवारी साधन गुड्दा गिट्टी उछिट्टिएर पैदल यात्रु घाइते भएको उनले बताए । पिच गर्ने काम सडक विभागको हुने भनेर वडाध्यक्ष पन्छिएको स्थानीयको गुनासो छ ।

images
प्रकाशित मिति :माघ १८, २०७९ बुधवार - ०८:३०:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology