Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

सुस्तमनस्थिती भएका तनहुँ म्याग्देका सुमन १० दिनदेखी वेपत्ता 

सुस्तमनस्थिती भएका तनहुँ म्याग्देका सुमन १० दिनदेखी वेपत्ता 

images

इच्छाकामना न्युज

१७, माघ २०७९
सुस्तमनस्थिती भएका तनहुँ म्याग्देका सुमन १० दिनदेखी वेपत्ता 
images

तनहुँ । सुस्तमनस्थितीका सुमन १० दिनदेखि वेपत्ता भएका छन् । म्याग्दे गाँउपालिका वडा नं ४, घुम्ति निवासी २४ वर्षिय सुमन श्रेष्ठ यहि माघ १० गते देखि वेपत्ता भएका निजको वुवा राम प्रसाद श्रेष्ठले वताए । 

सधैजसो दमौली गएर आउने गरेका सुमन माघ ९ गते देखि नआएको र खोजीको लागी काठमाण्डौ, चितवन पुगेता पनि पत्ता नलाग्दा दुखी छु, छोरा खोजीका लागी प्रहरी कार्यलयमा जाहेरी दिएपनि कुनै खवर नआएको हुदाँ धेरै चिन्तित भएको वताए । सुमनको आमा उमादेवी छोराको पिरले भावव्हिल वनेर वेहोस जस्तो छ । छोराको जीवनरक्षाको लागी सवैमा अनुरोध गर्दछु, निजको वुवा रामप्रसादले भने । 

विहान वेलुका नै छोराले दवाई खानुपर्ने थियो । छोराको उपचारको लागी धेरै ठाँउमा लगियो । तर सुधार भएन । छोराले मान्छे चिन्ने भएता पनि कहिले काही भुल्ने समस्या थियो । छोरालाई छिमेकलाई काठमाण्डौमा भेटेको भएता पनि आउने वेलामा छोरा वेपत्ता भएकोले छोरालाई केही भएको चिन्ताले सताएको छ, वुवा रामप्रसादले भने । 

करिव ५ फुट ४ ईन्चका अग्ला सुमनले दुवै हातमा गेडा भएको डोरी वाधेका छन् । सुमन रामप्रसादका माईलो छोरा हुन् । वुवा रामप्रसादले छोरा भेटिएका जिल्ला प्रहरी कार्यलय तनहुँ र थर्पुमा सम्पर्कका लागी अनुरोध गरेका छन् । 

images
प्रकाशित मिति :माघ १७, २०७९ मंगलवार - १९:५०:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology