Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नारायणी नदी किनारमा आयोजित कोटिहोम महायज्ञमा भक्तजनको सहभागीता बढ्दै

नारायणी नदी किनारमा आयोजित कोटिहोम महायज्ञमा भक्तजनको सहभागीता बढ्दै

images

इच्छाकामना न्युज

१६, माघ २०७९
नारायणी नदी किनारमा आयोजित कोटिहोम महायज्ञमा भक्तजनको सहभागीता बढ्दै
images

चितवन । नारायणी नदी किनारमा माघ १२ गतेदेखि सुरु भएको साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञानमहायज्ञमा भक्तजनको सहभागीता बढ्दै गएको छ । एक महिने महायज्ञको पाचौँ दिन सोमबार दुई हजार भक्तजन महायज्ञमा सहभागी भएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले जानकारी दिए ।

त्यस्तै, सोमबार करिब ९०० किलो चरु संकलन भएको उनले बताए । विभिन्न भक्तजन, आमा समूह र टोल विकास संस्थाले आर्थिक सहयोग गर्ने क्रम पनि बढेको उनले बताए । महायज्ञ परिसरमा पछिल्लो तीन दिनयता खुल्ला रक्तदान कार्यक्रमको आयोजना पनि गरिएको छ । दुई दिनदेखि स्वास्थ्य शिविर पनि सञ्चालन गर्न थालिएको कँडेलले बताए ।

राष्ट्रगुरु योगी नरहरीनाथ गुरुका उत्तराधिकारी स्वामी शृषनाथले महायज्ञको अवलोकन गरेको उनले जानकारी दिए । महायज्ञमा शालग्रामेश्वर शिवलिंग बनाउन कृष्णगण्डकीबाट शिला ल्याइदै छ । १०८ शालग्राम राखेर शालग्रामेश्वर शिवलिंग बनाइने उनले बताए । महायज्ञमा माघ १९ गतेदेखि ब्रतबन्ध कार्यक्रम सुरु हुँदै छ । ब्रतबन्ध गर्न चाहनेले सचिवालयमा नाम टिपाउन सक्ने छन् ।

नारायणी नदी किनारमा दैनिक तीन वटा आरती हुने गरेको छ । कोटिहोम यज्ञमा हुने आरती, महायज्ञका प्रमुख वाचक परशुराम पाण्डेयले गर्ने भागवत आरती र गण्डकी महाआरती गरी तीन वटा आरती हुने उनको भनाइ छ । फागुन १२ गते बालिने सवा करोड बत्ति प्रज्वलनका लागि भक्तहरुले बत्ती ल्याउने क्रम जारी रहेको उनले जानकारी दिए । 

महायज्ञमा १०८ ब्राह्मणहरुले गायत्री मन्त्रद्धारा हवन गर्दै आएका छन् । महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । यज्ञ गर्न दैनिक करिब सात क्विन्टल चरु आवश्यक पर्ने आयोजकले जनाएको छ ।

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - २०:५७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology