Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा अपाङता भएका चदाँरोलाई न्यानो कपडा वितरण 

तनहुँको म्याग्दे गाउँपालिकाद्वारा अपाङता भएका चदाँरोलाई न्यानो कपडा वितरण 

इच्छाकामना न्युज

१६, माघ २०७९
तनहुँको म्याग्दे गाउँपालिकाद्वारा अपाङता भएका चदाँरोलाई न्यानो कपडा वितरण 
images

तनहुँ । म्याग्दे गाँउपालिकाले आफनो पालिकाले विपन्न अपाङता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ । गाँउपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत म्याग्दे गाँउपालिका वडा नं ३  तिलहारे निवासी चन्द्र वहादुर चदारोलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेल आर्थिक रुपमा विपन्न तथा वहुँअपाङ्ग भएका चदारोलाई न्यानो कपडा वितरण गरेका हुन् । 

images
images

आर्थिक रुपमा विपन्न र अपाङ्गता भएकाको जीवनयापनलाई सहज वनाउने, उनीहरुको न्युनतम गाँसवास कपासका लागी पालिकाले यो जाडोमा न्यानो कपडा वितरण गरेको हो । पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले वताउनुभयो । 

न्यानो कपडा पाएपछि खुशी हुदै चदारोले पालिकाले यो जाडोमा जाडोवाट वन्न न्यानो कपडा वितरण गर्दा खुशी लागेको वताए । हामी यसै पनि अपाङ्ग, त्यसमाथी पनि विपन्न हुदाँ चिसोले थप जनजीवन थप कष्टकर वनेको थियो, पालिका नै घरमा आएर कपडा दिदाँ खुशी छु, चदारोले भने । 

न्यानो कपडा वितरणमा १ थान फाईवरको सिरक, रुवाको डसना १ थान, तन्ना १ थान र सिरानी १ थान गरि कुल ४ हजार ३ सय वरावरको समाग्री प्रति परिवार वितरण गरिएको महिला तथा वालवालिका शाखाका प्रमुख शारदा ग्रैहे पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा म्याग्दे ३ का वडाध्यक्ष टुकराज सिग्देलको समेत उपस्थिती रहेको थियो । 

 

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - २०:५०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology