Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बलात्कार मुद्दामा जेलमै रहेका कैदीद्वारा कारागारभित्रै महिला बलात्कृत

बलात्कार मुद्दामा जेलमै रहेका कैदीद्वारा कारागारभित्रै महिला बलात्कृत

इच्छाकामना न्युज

१६, माघ २०७९
बलात्कार मुद्दामा जेलमै रहेका कैदीद्वारा कारागारभित्रै महिला बलात्कृत
images

दाङ । तुल्सीपुर कारागारका एक कैदीबन्दीमाथि जबर्जस्ती करणी भएको छ। १७ कात्तिकमा तुल्सीपुरस्थित कारागारमा तुल्सीपुर–६ डुम्रीगाउँका २८ वर्षीय खुमबहादुर चौधरीले कैदी महिलामाथि करणी गरेको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ। 

images
images

प्रहरी निरीक्षक पर्वत केसीका अनुसार तुल्सीपुर कारागारमा जबर्जस्ती करणीमा कैद भुक्तान गरिरहेका चौधरीले ती कैदीमाथि करणी गरेका हुन्। महिला कैदी र पुरुष दुवै कारागारका चौकीदार हुन्। 

‘चौकीदार भएकाले उनीहरू एक अर्कासँग सहजै भेटघाट गर्न सक्छन्। १७ कात्तिक दिउँसो २ः१० मा महिला भान्सामा भाडा माँझ्दै थिइन्,’ प्रहरी निरीक्षक केसीले भने, 'त्यही क्रममा चौकीदार चौधरी भान्सामै बाहिरबाट चुकुल लगाएर जबर्जस्ती करणी गरे।’ 

पीडित महिलाले सोही दिन नै इलाका प्रहरी कार्यालय तुल्सीपुरमा जाहेरी दिएकी थिइन्। जाहेरी दिएपछि १८ कात्तिकमा सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको थियो। 

चौधरीलाई ७ देखि १० वर्षसम्म कैद थप हुन सक्ने कानुनी व्यवस्था छ। पीडित बैंकिङ कसुरमा कैद भुक्तान गरिरहेकी छन्। यो केसपछि पीडक चौधरीलाई घोराही कारागार सारिएको छ। तुल्सीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि चौधरीलाई दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो।  नयाँ पत्रिकाबाट

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - २०:२७:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology