Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

छिमेकीको चिन्ता लिनु राम्रो होइन : नेता केसी 

छिमेकीको चिन्ता लिनु राम्रो होइन : नेता केसी 

images

इच्छाकामना न्युज

१६, माघ २०७९
छिमेकीको चिन्ता लिनु राम्रो होइन : नेता केसी 
images

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले छिमेकीको चासो लिन नहुने बताएका छन्। सोमबार नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले आफू बलियो हुनको लागि छिमेकीको कमजोरी खोतल्नु आवश्यक नरहेको बताएका हुन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको नेपाली नागरिकताबारे भएको विवादपछि सर्वोच्च अदालतले मन्त्री र सांसद पद नै खारेज गरिदिएपछि उठेको सवालका क्रममा नेता केसीले भने, ‘दोस्रो दलको नेतामाथि अदालतले गरेको निर्णयप्रति कांग्रेस खुसी हुनुपर्ने अवस्था नै छैन।’ ‘छिमेकीको घर ढल्यो भन्दैमा मेरो घर अग्लो भो’ भन्ने मानसिकता लिन नहुने उनको भनाइ छ। 

‘अरू बिग्रिँदा आफू खुसी हुने प्रवृत्ति पनि अस्वाभाविक प्रवृत्ति हो,’ उनले भने, ‘हामीले त अरूबाट भएका कमजोरीबाट पाठ सिक्ने हो। जबकि त्यो गल्ती हामीबाट नहोस्। त्यसैले हामीले कांग्रेसलाई कसरी बलियो बनाउने भन्नेमा चिन्ता लिनुपर्छ। छिमेकीलाई के भएको छ भनेर चासो लिनु आवश्यक छैन।’ 
 
चितवन–२ बाट संघीय सांसद बनेर उपप्रधान तथा गृहमन्त्री बनेका लामिछानेको मन्त्रीसहित सांसद पद नै खारेज भएपछि हुने उप–निर्वाचनको लागि कांग्रेसले उम्मेदवार तयार गर्ने पनि उनले बताए। चितवन कांग्रेसको राम्रो क्षेत्र भएकोले बलियो उम्मेदवार उठाएरै निर्वाचनमा जाने उनको भनाइ छ। 

images
प्रकाशित मिति :माघ १६, २०७९ सोमवार - ११:१९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology