Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत गरिने

चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत गरिने

images

इच्छाकामना न्युज

१४, माघ २०७९
चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कारबाट पुरस्कृत गरिने
images

चितवन । चितवनका पत्रकार रमेश कुमार पौडेललाई राष्ट्रिय प्रकृति संरक्षण पुरस्कार प्रदान गरिने भएको छ । नेपाल लाटोकोसेरो तथा हुचिल उत्सवमा पत्रकार पौडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । हुचिल उत्सव यही माघ २० र २१ गते कैलालीमा हुँदैछ ।

उत्सवको अन्तिम दिन चार जना अनुसन्धानकर्मी र संरक्षणकर्मीहरुलाई संरक्षणको क्षेत्रमा गरेको योगदानको कदर गर्दै ‘प्रकृति संरक्षण पुरस्कार’ प्रदान गर्न लागिएको हो । संरक्षणकर्मीहरुलाई जनही नगद रु. २५,०००/– सहित ताम्रपत्र तथा दोसल्लाबाट सम्मान गरिने छ । पत्रकार पौडेलसंगै यसवर्ष पुरस्कृत हुनेहरुमा बारेकोटे गाउँपालिका, जाजरकोटका संरक्षणकर्मी गोविन्द बहादुर सिंह, काठमाडौँ, गोकर्णेश्वर–४ का अनुसन्धानकर्मी हेमबहादुर कटुवाल र भारतीय वैज्ञानिक डा. सतीश अ. पांडे रहेका छन् ।

पत्रकार पौडेल कान्तिपुर दैनिकका चितवन संवाददाता हुन् । उनी लामो समयदेखि संरक्षणको क्षेत्रमा कलम चलनाउँदै आइरहेका छन् ।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०८:५०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology