Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

उपचारमा समस्या भएपछि माडीका जनप्रतिनिधिको पहलमा अस्पतालको बेडमै पुगेर दिइयो नागरिकता

उपचारमा समस्या भएपछि माडीका जनप्रतिनिधिको पहलमा अस्पतालको बेडमै पुगेर दिइयो नागरिकता

images

इच्छाकामना न्युज

१४, माघ २०७९
उपचारमा समस्या भएपछि माडीका जनप्रतिनिधिको पहलमा अस्पतालको बेडमै पुगेर दिइयो नागरिकता
images

विपिन पाठक, चितवन । नागरिकता नभएका कारण स्वास्थ्य उपचारमा समस्या भएपछि माडी नगरपालिका–६ निवासी निरज विश्वकर्मालाई अस्पतालमै पुगेर नागरिकता प्रदान गरिएको छ ।

सरकारले क्यान्सर रोगका बिरामीलाई दिइने उपचार खर्च अनुदान लिन समेत कानुनी समस्या भएपछि माडी–६ का वडा अध्यक्ष दिपेन्द्रराज पौडेलको विशेष पहल तथा नगरपालिका प्रमुख ताराकुमारी काजी महतोको उपस्थितिमा प्रशासन कार्यालय माडी प्रमुख चित्ररेखा सिलवालले भरतपुर क्यान्सर अस्पतालमै पुगेर विश्वकर्मालाई नागरिकता प्रदान गरेकी हुन् ।

जनप्रतिनिधि वास्तवमा जनताका सेवक हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै अस्पतालको शैयामा गएरै नागरिकता दिइएको वडा अध्यक्ष पौडेलको भनाई छ।नगर प्रमुख ताराकुमारी काजी महतोले बिरामीको स्वास्थ्य लाभको कामना गर्दै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । विरामी निरज विश्वकर्माकी आमा मधुमाया विश्वकर्माले भावुक हुँदै दुखको बेला गरेको सहयोग प्रति धन्यवाद व्यक्त गरिन् ।

images
प्रकाशित मिति :माघ १४, २०७९ शनिवार - ०८:४४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology