Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नारायणी किनारमा हुन लागेको एक महिने महायज्ञको तयारी पुरा 

नारायणी किनारमा हुन लागेको एक महिने महायज्ञको तयारी पुरा 

इच्छाकामना न्युज

११, माघ २०७९
नारायणी किनारमा हुन लागेको एक महिने महायज्ञको तयारी पुरा 
images

चितवन । नारायणी नदी किनारमा भोलि (बिहीबार) देखि साङ्ग–बिराट्–श्रीगायत्री कोटिहोम ज्ञान महायज्ञ सुरु हुँदै छ । एक महिनासम्म चल्ने महायज्ञको शहरी विकास मन्त्रीविक्रम पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । श्रीसनातन संस्कृति संरक्षण अभियान र श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्को संयुक्त आयोजनामा महायज्ञ हुन लागेको हो ।

images
images

बसन्त पञ्चमीको अवसर पारेर महायज्ञको उद्घाटन गर्न लागिएको महायज्ञ संयोजक एवम् श्रीगण्डकी–नारायणी संरक्षण महाआरती परिषद्का अध्यक्ष प्रेमनिधि कँडेल (भारद्धाज)ले बताए । महायज्ञको उद्घाटन अघि बजार क्षेत्र परिक्रमा गर्ने गरी कलश यात्रा निकालिने छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञको तयारी बारे जानकारी गराएको हो ।

महायज्ञ सम्पन्न गर्न साढे दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए । ‘हामीले दातालाई यति दान गर्नुस् भन्दैनौँ । स्वेच्छाले दान गर्न सक्नुहुन्छ । धेरै दान गर्नेलाई ठूलो सम्मान र थोरै गर्नेलाई सानो सम्मान भन्ने हुँदैन । दातालाई वर्गिकरण गर्दैनौँ’, उनले भने । महायज्ञको अन्तिम दिन फागुन १२ गते एक करोड ४९ लाख ८५ हजार बत्ति बालिने उनले बताए ।

महायज्ञको प्रमुख वाचक परशुराम पाण्डेय रहेका छन् । महायज्ञमा दैनिक छ क्विन्टल भन्दा बढी चरु खपतहुने प्रमुख वाचक पाण्डेय बताउँछन् । जौ, तिल, चामल, घ्यु लगायतको सम्मिश्रणलाई चरु भनिन्छ । योगी नरहरीनाथले शरिर छाडेपछि पहिलो पटक ब्रह्मगायत्री मन्त्रद्धारा महायज्ञमा हवन हुन लागेको उनले बताए । 

महायज्ञमाकर्ता बस्नलाई कुनै जातीयविभेद नगरिने उनले बताए । नेपालमाकोटिहोम महायज्ञका अध्येता, संकल्पकर्ता, राष्ट्र गुरु योगी नरहरिनाथलाई सम्झदै कोटिहोम ज्ञानमहायज्ञ गर्न लागिएको उनको भनाइ छ ।

महायज्ञमा १०८ कर्मनिष्ठ ब्राह्मणहरूद्वारा सवा करोड गायत्री मन्त्रद्वारा १ महिनासम्म हवन, तर्पण एवम् मार्जन, श्रीमद्भागवत तथा शिवमहापुराण पाठ एवम् प्रवचन, विभिन्न सनातन धर्ममूलकपन्थ, सम्प्रदायका विशिष्ट विद्वान्, सन्त, मठाधीश, गुरु, सामाजिक एवम् राजनैतिक व्यक्ति सहभागी हुने छन् ।

सनातन संस्कृति–गोवंश संरक्षणबारे चिन्तन, मन्थन सहित प्रवचन, सवा करोड ५ सरे दीपप्रज्वलन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कवि÷कलाकारहरूद्वारा कविता वाचन, भजन, सांस्कृतिक झाँकी, वरिष्ठ चिकित्सकहरूद्वारा निःशुल्क स्वास्थ्य परीक्षण, रक्तदान कार्यक्रम, योग, ध्यान एवम् बालसंस्कार कार्यक्रम, १०८ शालीग्राम तथा शिवलिङ्गको सेवा–पूजा, दर्शन सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति लगायत कार्यक्रम गरिने भएको छ । 

विपन्न तथा अशक्तहरूका लागि निःशुल्क सामूहिक व्रतबन्ध, चौरासी, ग्रहशान्ति कार्यक्रम गरिदिने आयोजकले स्पष्ट पारेको छ । सनातनदेखि चलिआएको संस्कृति, परम्परा, नदी संरक्षण, पयार्वरणीय सन्तुलन जोगाउने उद्धेश्यले कोटिहोम ज्ञान महायज्ञ गर्न लागिएको हो । नेपाल सन्त समाजका अध्यक्ष एवम् हरिहर सन्यास आश्रमका पिठाधिस श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज महायज्ञको प्रमुख संरक्षक रहेका छन् ।

images
प्रकाशित मिति :माघ ११, २०७९ बुधवार - २१:०२:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology