Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको व्यासमा दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने

तनहुँको व्यासमा दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने

images

इच्छाकामना न्युज

१०, माघ २०७९
तनहुँको व्यासमा दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने
images

तनहुँ । व्यास नगरपालिका वडा नं ५, चापाघाटमा रहेको भजन संंकृतन समूहद्धारा संचालित दिवाकालिन जेष्ठ नागरिक आश्रमको शुभारम्भ हुने भएको  छ । भागवत भाष्कर पण्डित कमल नयन गौतमले यहि श्रीपंचमीको अवसर पारेर आश्रमको शुभारम्भ गर्नेछन् । 

शुभारम्भको अवसरमा आश्रमले विभिन्न क्षेत्रका वृद्धवृद्धालाई दिवाकालिन भोजन समेत गरिने र सोही दिनदेखि आश्रमको विधिवत संचालन गरिने संस्थाका अध्यक्ष विष्णु गौतमले वताए । 

भजन संकृतन समुह विशुद्ध मानवीय संस्था भएको हुदाँ वृद्धवुवा आमाको सम्मान आजको आवश्यकता हुदाँ सस्था सदैव वृद्धवृद्धाको सम्मानमा प्रतिवद्ध भएको अध्यक्ष गौतमले वताए । 

सवैभन्दा ठुलो धर्म नै मानव धर्म भएको हुदाँ संस्थाले वृद्धवृद्ध लक्षित कार्यक्रम गर्नेछ । संस्थाले वृद्धवृद्धलाई भजन किर्तन, खाने, वस्ने र रमाउने व्यवस्था गरेको हुदाँ अवको दिनमा अरु परिस्कृत रुपमा मानव सेवामा लाग्ने संस्थाले जनाएको छ । ‘अव दैनिक रुपमा नै वृद्धवृद्धालाई आश्रममा ल्याएर उनिहरुलाई सहज वातावरणमा वस्ने र रमाउने वतावरण वनाईनेछ’ –अध्यक्ष गौतमले भने। 

 

 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - २०:२१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology