Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

मुगु सहित कर्णालीमा हिमपात 

मुगु सहित कर्णालीमा हिमपात 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
मुगु सहित कर्णालीमा हिमपात 
images

खड्क सुनार, मुगु । हिमाली जिल्ला मुगु लगाएत कर्णालीका जिल्लाहरुमा वर्षा सँगै हिमपात भएको छ । अन्य जिल्ला भन्दा मुगु जिल्लामा माघ महिनाको पहिलो सातामै गए  रातिदेखि लगातार हिमपात भएपछी मुगुको जनजीवन प्रभावित भएको छ । लगातारको हिमपातले मुगुको पुर्वी करान भेगका वडा, खत्याड गाउँपालीकाको खमाले, सेरी, कवा, चाकपाडे, लमेरा, कोटिल्ला लगायत, सोरु गाउँपालिकको, सोरुकोट, धैना, कालै, रुम र छायाँनाथ रारा नगरपालीको रारा, ताल्चविमान स्थल, बाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी ,रोवा लगायतका स्थानमा हिमपात सुरु भएको हो ।

हिमपातको कारण नेपालगंज सुर्खेत बाट मुगु आउने यातायात र सवारी साधनहरु रोकिएका छन् । रारा घुम्न आउर्ने आन्तरिक तथा बाहीय पर्यटकहरु लाई पनि निकै समस्या मा परेका छन् । अघिल्लो हिउँदमा पुष पहिलो साताबाट हिमपात भए पनि यो वर्ष एक महिना पछि हिमपात सुरु भएको छ ।  हिमपात संगैको चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । चिसोले गर्दा भेडा बाख्रा सहित अन्य पशुचौपायालाई समेत समस्या भएकोे सोरु गाउँपालीकाका पदम बहादुर शाहीले बताउनु भयो ।

बाक्लो हिमपातले शैक्षिक संस्था , सरकारी कार्यलयको कामकाज प्रभावित भएका छन् । लगायतको हिमपातले मुगु जिल्लाको एक मात्र हवाई सेवा ताल्च विमान स्थल पनी बन्द भएको छ । यो वर्ष एक महिना अघि नै हिमपात भएका कारण हिउँदेबालीको उत्पादमा राम्रो हुनेमा किसानहरू आशावादी छन् ।

विशेष गरि अहिले खेतवारीमा लगाएको जौं, गहुँ बाली उम्रिने समय भएको र यहि वेला हिमपात र पानी पर्दा खेतीपातीका लागि राम्रो मानिन्छ । अहिले समयमा नै वर्षा भएकाले सुख्खा जमिनमा छरिएको जौं, गहुँ राम्रैसंग उम्रिने, विषेश गरि उम्रेको बाली नष्ट गर्ने फट्याँग्रा लगायतका किरा मर्ने र हिउदे बाली तथा तरकारीको उत्पादनमा पनि बृद्धि हुने कृषि विज्ञले बताएका छन् । 

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १९:१६:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology