Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने 

बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने 

images

इच्छाकामना न्युज

१०, माघ २०७९
बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने 
images

हेटौडा । बागमती प्रदेशले ३ वटा मन्त्रालय घटाउने निर्णय गरेको छ । हाल १४ वटा मन्त्रालयको सङ्ख्या घटाएर ११ वटा बनाउने निर्णय भएको मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताउनुभयो । उहाँले अब छिट्टै मन्त्रिपरिषद् विस्तार हुने र आफ्नो मन्त्रिपरिषद्मा राज्यमन्त्री नराखिने बताउनुभयो ।

मन्त्रालय घटाउन प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले पुस २६ गते पदभार ग्रहण गर्दै प्रमुख सचिव निरौलाको संयोजकत्वमा १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर सङ्ख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिनुभएको थियो ।

कार्यदलले आज अन्तिम दिन प्रतिवेदन बुझाएको हो ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - १९:१४:४८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology