Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

नुवाकोटको बेलकोटगढी नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख रुपैयाँ दिने

नुवाकोटको बेलकोटगढी नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख रुपैयाँ दिने

images

इच्छाकामना न्युज

१०, माघ २०७९
नुवाकोटको बेलकोटगढी नगरपालिकाले एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख रुपैयाँ दिने
images

देवचन्द्र भट्ट, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिकाले ‘शैक्षिक सुधार कार्यक्रम’ सञ्चालन गरेको छ । स्थानीय तहले शिक्षाको समग्र विकास गर्ने उद्देश्यले ल्याएको कार्यक्रममार्फत विद्यालयले विद्यार्थी सङ्ख्या वृद्धि गराउनेदेखि विद्यार्थीलाई दक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रम अन्तर्गत बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसईई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप १० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

विद्यालयलाई शैक्षिक क्यालेण्डर बनाउन, स्थानीय भाषा, संस्कृति, कला तथा समसामयिक विषयवस्तु समावेश गरी पाठ्यक्रम बनाउन, प्रत्येक वडामा हरेक वर्ष कम्तीमा एउटा विद्यालयलाई बालमैत्री बनाउनेलगायतका लक्ष्य कार्यक्रममा समावेश गरिएको वेलकोटगढी नगरपालिकाका प्रमुख जगत बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा विद्युतीय हाजिरी, पूर्ण दरबन्दी, ई–पुस्तकालयसहित प्रत्येक शैक्षिक सत्रको उपलब्धिलाई तथ्याङ्क र गुणस्तरीय मापदण्डको आधारमा मापन गरिने छ ।

हाल बेलकोटगढी नगरपालिकामा ९ वटा माध्यमिक विद्यालयसहित ५४ वटा सामुदायिक विद्यालयहरू सञ्चालनमा छन् ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०९:०१:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology