Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विद्यार्थी कुट्ने तनहुँ घिरिङका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

विद्यार्थी कुट्ने तनहुँ घिरिङका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा

images

इच्छाकामना न्युज

१०, माघ २०७९
विद्यार्थी कुट्ने तनहुँ घिरिङका प्रधानाध्यापक प्रहरी नियन्त्रणमा
images

तनहुँ । तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन नगरेको भन्दै प्रअ थापाले उनीहरुरूलाई कुटपिट गरेका हुन् । उक्त होस्टलमा बसेर पढ्दै आएका भीमाद नगरपालिका–४ बरण्डाँडा निवासी लिलामाया आलेलाई सजाय दिने क्रममा कुटपिट गर्दा घाइते भएका थिए ।

लठ्ठीले हान्दा चोट लागेर घाइते भएकी छात्राको बेलचौतारास्थित जिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचार केन्द्रमा उपचारपश्चात घर फर्किएको इलाका प्रहरी कार्यालय बेलचौतराका प्रहरी निरीक्षक यामप्रसाद अर्यालले जानकारी दिए ।

आफ्नै छोराछोरी सम्झेर राम्रोसँग पढ्नु भन्ने हेतुले सामान्य कुटपिट गरेको प्रअ थापाको भनाइलाई उद्धृत गर्दै निरीक्षक अर्यालले बताए । अन्य विद्यार्थी अवस्था सामान्य रहेको पनि उनले स्पष्ट पारे ।

होस्टेलमा बसेर अध्ययन गरेका विद्यार्थीको लिएको ‘टेस्ट’ परीक्षामा अधिकांश विद्यार्थीले सही उत्तर नलेखेपछि सजाय स्वरुप पिटेको स्वीकार प्रअ थापाले गरेको निरीक्षक अर्यालले जानकारी दिए ।

घाइते विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकलाई विद्यालयबाट निकाल्नुपर्ने माग गर्दै विद्यालय परिसरमा दबाब दिएका थिए । घटनाको जानकारी पाएपछि घटनास्थलमा पुगेको प्रहरी टोलीमाथि पनि अभिभावकले मदिरा सेवन गरी अराजकता मच्चाउन खोजे पनि प्रहरीले संयमता अपनाइएको उनले बताए ।

गणित विषयको परीक्षामा अधिकांश विद्यार्थीले राम्रो नतिजा नल्याएपछि एक हप्ता अघिको शर्त पूरा नगरेको भन्दै प्रअ थापाले पिटेको जानकारी पाएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गैह्रेले जानकारी दिए । कुटपिट गर्ने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक भानु शर्माले बताए ।

images
प्रकाशित मिति :माघ १०, २०७९ मंगलवार - ०८:३९:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology