Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

तनहुँको म्याग्देमा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

तनहुँको म्याग्देमा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न

images
तनहुँको म्याग्देमा व्यवसाय सचेतना कार्यक्रम सम्पन्न
images

तनहुँ । सिप सिकौं, व्यवसाय गरौ, उद्यम वनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिका वडा नं २ मा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्र्तगत व्यवसाय सचेतना कार्यक्रम सम्पन्न भएको छ । स्थानिय स्तरमा नै सिप सिकेर आत्मनिर्भर वनाउने हेतुले कार्यक्रम संचालन गरिएको हो । 

सिप सिकेर आत्मनिर्भर वन्ने मुख्य लक्ष्य राखेको कार्यक्रममा सहभागिहरुलाई विभिन्न विधामा प्रशिक्षण दिईएको थियो । समाजका विपन्न तथा आर्थिक वर्गलाई उत्पादन र सीप सँग जोडेर गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) ले विभिन्न कार्यक्रम गर्दे आईरहेको  छ । वडा न. २ मा रहेको स्थानियहरुलाई समावेश गरि व्यवसाय कसरी गर्ने वारेमा प्रशिक्षण दिईएको हो । प्रशिक्षण कार्यक्रममा स्थानिय स्तरको २६ जना स्थानिय वासिन्दाले तालिममा सहभागिता जनाएका छन् ।

326252711_592441119381987_451695806040261523_n.jpg

सचेतना कार्यक्रममा पहिला प्रशिक्षण दिने र पछि व्यवहारिक तालिम दिईने मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिनुभयो । सहभागीहरुलाई अचार वनाउने, धुप, अगरवत्ति लगायतको तालिम दिईनेछ, ताकि सहभागीहरुले सिप सिकेर आत्मनिर्भर वन्न सकोस, न्यौपानेले वताए । 

सचेतना कार्यक्रममा राजकुमार श्रेष्ठले सिपको वारेमा प्रशिक्षण दिएका थिए । सीप नै जीवनको प्रमुख आधार वन्ने हुदाँ सीपलाई सानो सोच्न नहुने श्रेष्ठले वताए । कुनै पनि व्यवसायमा सकारात्मक सोच राखेर अगाडी वड्ने हो भने सफलता पाउन सकिन्छ, तर यसमा धैर्यता आवश्यकता पर्दछ । सिकेका सीपको निरन्तरता र व्यवहारिक कार्यन्वयनले यसको महत्व हुने हुँदा तालिम लिएर मात्र हैन, त्यसको अभ्यासले स्वलम्वी वन्न सकिने श्रेष्ठले वताए ।

आठ दिन सम्म चल्ने व्यवसाय सचेतना कार्यक्रम मा व्यवहारिक कक्षा शुरु हुने न्यौपानेले वताए । अभिमुखीकरण सँगै सीपमा निख्खार ल्याउन त्यसको प्राक्टिकलमा ध्यान दिनुपर्दछ, यसका लागी भोलिवाट नै प्राक्टिकल कक्षा संचालन हुनेछ, न्यौपानेले भने । 

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - २०:४४:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology