तनहुँ । व्यवसायिक कृषकलाई लागी राहत दिनका लागी म्याग्दे गाँउपालिकाले १२२ व्यवसायिक फर्मको अनुगमन सम्पन्न गरेको छ । म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितीले पालिकाभित्र रहेर दर्ता गरी व्यवसायिक फर्म संचालन गरेका कृषकको अनुगमन तथा निरिक्षण गरेको हो । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितीका संयोजक घिमिरे, सदस्यद्धय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले १२२ व्यवसायिक फर्मको अनुगमन गरेको हो ।

कृषकलाई कृषि र उत्पादनमा अभिप्रेरित गर्नका लागी अनुदानको व्यवस्था गरेको हो । अनुदान वितरणका लागी पालिकाले पालिका भित्रका व्यवसायिक फर्मको लागी निवेदन माग गरेको थियो । जसमध्ये १२२ जना कृषकले अनुदान पाउनका लागी माग गरेको फर्मको पालिकाले अनुगमन तथा निरिक्षण गरेको हो ।
सो क्रममा नवदुर्गा कृषि फर्मका संचालक युवराज शाहीले व्यवासायमा वैकवाट ऋण लिएर ठुलो लगानी गरेको तर वजारको व्यवस्थापन नभएको हुदाँ उत्पादित दुधले वजार नपाएको गुनासो गरे । वास्तविक किसान मर्कामा परेको तर अनुदान तथा राहत अरुले नै पाएको हुदाँ दुखेसो लागेको समेत वताए ।

म्याग्दे गाँउपालिकाले अनुदानका लागी व्यवसायिक कृषकलाई अनुदानका लागी यस आर्थिक वर्षमा वोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागी, गोठ खोर निर्माणका लागी ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित गरेको छ । सोही वजेट वितरणका लागी आवश्यकतामा आधारित रहेर कृषकलाई अनुदान वितरण गर्न लागीएको अनुगमन समितीका संयोजक वालकृष्ण घिमिरेले वताउनुभयो ।
पालिकाको ७ वटै वडामा गएर व्यवसायिक फर्म अनुगमन तथा निरिक्षण गरेका पालिकाले अव कृषकको वर्गिकरण र फर्मको आवश्यकता हेरेर अनुदान वितरण गर्नेछ । अनुदानका क्रममा पालिकाले कुखुरा तथा पशुपंक्षि पालन, माछापालन, वंगुर पालन, भैसीपालन, मौरी पालन, कुखुरा पालन, गाई फर्म, वोका निरिक्षण लगायतका व्यवसायिक फर्मको निरिक्षण गरेको थियो । वजेटका शिर्षक हेरेर त्यही सिमा भित्र रहेर कृषकलाई चाडै नै अनुदान उपलव्ध गराउँछौ, अनुगमन समितीका संयोजक वालकृष्ण घिमिरेले वताए ।

पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ वास्तविक कृषक पहिचानका लागी अनुगमन तथा निरिक्षणमा आएको वताए । अनुदानका लागी धेरै जनाको आवेदन परेको हुदाँ वास्तविक कृषकको पहिचानका लागी हामी फर्म निरिक्षण गरेको छौ । अव अनुदानको प्रक्रिया अगाडी वढ्दछ, श्रेष्ठले भने । कृषकको मागको हैन, आवश्यकताको आधारमा हामीले अनुदान दिनेछौ, जसले गर्दा वास्तविक किसानलाई अनुदानले व्यवसाय विस्तार र उत्पादनमा राहत मिलोस, श्रेष्ठले वताए । जनताको आवश्यकता र कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागी फर्म अनुगमनमा आएको हौ ।