Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चितवनको पुरानो मासिक पत्रिका ‘नारायणी टुडे’को अनलाइन संस्करण सुरु

चितवनको पुरानो मासिक पत्रिका ‘नारायणी टुडे’को अनलाइन संस्करण सुरु

images
चितवनको पुरानो मासिक पत्रिका ‘नारायणी टुडे’को अनलाइन संस्करण सुरु
images

भरतपुर । चितवनबाट प्रकाशित नारायणी टुडे मासिक पत्रिकाले आज सोमबारबाट आफ्नो अनलाइन सँस्करण पनि शुरु गरेको छ ।  नारायणी टुडे डट कम (www.narayani2day.com) को नाममा पत्रिकाले आफ्नो अनलाइन शुभारम्भ गरेको हो । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले सो अनलाइन क्लिक गरेर औपचारिक शुभारम्भ गर्नुभएको हो ।

अनलाइनको शुभारम्भ गर्दै मन्त्री थपलियाले सकारात्मक पत्रकारिताले मात्रै देशलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन सक्ने बताउनुभयो । ‘अहिले सेलिब्रेटी हुने तरिकाले नकारात्मक पत्रकारिताले प्रश्रय पाएको छ । अब यसलाई रोक्न सक्नुपर्छ ।’–मन्त्री थपलियाले भन्नुभयो । प्रदेश सरकारले सबै पत्रकारको क्षमतालाई कदर गर्ने बताउँदै उहाँले यहाँका पत्रकार र सञ्चारमाध्यमको सवलीकरणका लागि ठोस कार्यक्रम ल्याउन लागिएको पनि बताउनुभयो ।

अब सिंहदरबारदेखि गाउँपालिकासम्मको खाडललाई सञ्चारजगत्ले पुर्नुपर्ने विषयमा पनि मन्त्री थपलियाको जोड थियो । उहाँले चितवनको पत्रकारितामा नारायणी टुडे मासिकले पु¥याएको योगदानको पनि चर्चा गर्नुभयो । ‘पत्रिकाले यहाँको गतिविधिलाई महत्व दिएको पाएको छु, अब अनलाइन संस्करणले पनि यस कुरालाई निरन्तरता दिनुपर्छ ।’–उहाँले भन्नुभयो ।

नारायणी टुडे मासिकका प्रकाशक एवम् अनलाइनका सञ्चालक वीरेन्द्रमणि पौडेलले पत्रिकाको विषयवस्तुलाई विश्वव्यापीकरण गर्नका लागि अनलाइन संस्करणमा प्रवेश गरेको बताउनुभयो । पत्रकारिता क्षेत्र चुनौतिपूर्ण रहेपनि आफ्ना विषयवस्तुलाई अनलाइनमार्फत देशविदेशमा पु¥याउन पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो । ‘अहिलेको युग डिजिटल युग हो । नयाँ मिडियालाई हामीले पछ्याएका मात्रै हौँ । अब नयाँ मिडियाको प्रयोगसँगै हामीले चालेको नयाँ यात्रालाई आम पाठकले पक्कै न्याय दिनुहुनेछ ।’–सञ्चालक पौडेलले भन्नुभयो ।

नारायणी टुडे मासिक विगत २३ वर्षदेखि चितवनबाट नियमित प्रकाशन भईरहेको छ । सूचना तथा प्रसारण विभाग र प्रेस काउन्सिल नेपालबाट अनलाइन सँस्करण सुरु गर्न अनुमति पाएसँगै नारायणी टुडे डट कम सञ्चालनमा आएको हो । अनलाइनको सञ्चालकमा वीरेन्द्रमणि पौडेल र सम्पादकमा हरिप्रसाद पोखरेल रहनुभएको छ ।

अनलाइन शुभारम्भ कार्यक्रममा चितवनमा विभिन्न सञ्चारकर्मी, व्यवसायी र सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - २०:२७:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology