Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

आज गण्डकी प्रदेशमा सरकार विस्तारको तयारी

आज गण्डकी प्रदेशमा सरकार विस्तारको तयारी

आज गण्डकी प्रदेशमा सरकार विस्तारको तयारी
images

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी २९ गते प्रदेश संसद बैठकबाट विश्वासको मत लिएका थिए । मुख्यमन्त्री अधिकारीले हिजो आइतबार दलसँगको छलफलबाट मन्त्रालयको संख्यामा सहमति जुटाएपछि आज थप छलफल गरेर मन्त्रिपरिषद विस्तारको तयारी गरेका हुन् । 

images
images

सो प्रदेशमा नेकपा (एमाले), माओवादी केन्द्र र राप्रपाले भागबण्डामा मन्त्रालय बाँडफाँट गर्ने बताएका छन् । मन्त्रालयको संख्यामा करिब सहमति गरेका दलहरुले कुन मन्त्रालय कसलाई दिने बारेमा भने अन्तिम निर्णय गर्न बाँकी छ । त्यसबारे आज छलफल गरेर साँझसम्म मन्त्रिपरिषद विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री अधिकारीको सचिवालयले जनाएको छ ।  

सो प्रदेशमा एमालेका २१, माओवादीका ८ र राप्रपाका २ सांसदसहित ३१ सांसदले उनको पक्षमा मत हालेका थिए । एमालेका ज्येष्ठ सदस्य सांसद मित्रलाल बस्यालले सभामुखको भूमिका निर्वाह गर्दा विश्वासको मत दिने प्रक्रियामा भाग लिएका थिएनन् । नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मत हाले ।

एमालेले मुख्यमन्त्रीसहित ४ मन्त्रालय लिने दावी गरेको छ । त्यस्तै, माओवादीले २ मन्त्रालय र राप्रपालाई १ मन्त्रालय दिने तयारी दलको बैठकबाट गरिएको छ । संख्यामा करिब सहमति बने पनि मन्त्रालय भागबण्डामा अझै सहमति हुन बाँकी रहेको मुख्यमन्त्री अधिकारीको भनाइ छ । आजको बैठकबाट सहमति बनेमा साँझसम्म मन्त्रिपरिषद विस्तार हुन्छ, आजै सहमति नबने भोलिसम्म हुन्छ सचिवालयका एक सदस्यले भने । मुख्यमन्त्री अधिकारी अहिले विहानदेखि दलीय छलफलमा व्यस्त छन् । 

images
प्रकाशित मिति :माघ ९, २०७९ सोमवार - ०८:५४:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology