Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

तनहुँको म्याग्देमा प्रि–भेटरीनरी (१८ महिने) अध्ययनमा विद्यार्थीलाई छात्रवृत्ति

तनहुँको म्याग्देमा प्रि–भेटरीनरी (१८ महिने) अध्ययनमा विद्यार्थीलाई छात्रवृत्ति

तनहुँको म्याग्देमा प्रि–भेटरीनरी (१८ महिने) अध्ययनमा विद्यार्थीलाई छात्रवृत्ति
images

तनहुँ । म्याग्दे गाँउपालिकाले प्रिं–डिप्लोमा भेटरीनरी (१८ महिने) अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति दिएको छ । पालिका भित्रका गरिव तथा विपन्न वर्गको छात्र छात्रालाई शिक्षामा सहज पहुँच र भेटरीनरी शिक्षामा आर्कषण गर्ने हेतुले पालिकाको स्वीकृत वजेटवाट कुल रकममा ५० प्रतिशत छात्रवृत्ति दिएको हो । 

images
images

म्याग्दे गाँउपालिकाको १२ औ गाँउसभावाट स्वीकृत वजेट तथा मिती २०७९।४।१९ को कार्यपालिका वैठकको निर्णयअनुसार पालिकाको पशु शाखामा जनगणपति माध्यामिक विद्यालय म्याग्दे ३ वाट आर्थिक वर्ष ०७८।०७९ मा भर्ना भएको ११ जना विद्यार्थीलाई  छनौट गरि लाग्ने शुल्कमा ५० प्रतिशत छात्रवृत्ति दिएको लेखा अधिकृत नवराज प्रोख्रेलले जानकारी दिनुभयो । 
गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानिय व्यक्तिले भेटरीनरी पढ्नका लागी छात्रवृत्ति अनुदान कार्यक्रम अन्र्तगत छात्रवृत्ति दिएका वताए ।

पालिकामा आवश्यक जनशक्ति वाहिरवाट ल्याउनुपर्ने तर स्थानिय स्तरमा जनशक्ति अभाव हुदाँ पालिकामा समस्या रहने भयो । प्राविधिक शिक्षामा विद्यार्थीको आर्कषण ल्याउन र यसको महत्व वुझाई स्वनिर्भर तथा आत्मनिर्भर वनाउने उद्येश्य अनुरुप हामीले छात्रवृत्ति दिएका हौ, अध्यक्ष श्रेष्ठले वताए । 

प्राविधिक शिक्षा हासिल गरिसकेपछि कोही पनि वेरोजगार वस्नुपर्ने अवश्था हुदैन । यसका लागी पालिकाले स्थानिय विद्यार्थीलाई यो शिक्षाको महत्व दर्शाउन यो आर्थिक वर्षमा ११ जना विद्यार्थीलाई अनुदानको व्यवस्था गरेका छौ र यो कार्यक्रम निरन्तर रहनेछ, श्रेष्ठले भने । यो सँगै विद्यार्थीको प्राविधिक विषयको अध्ययनमा आर्कषण वढ्ने पालिकाले विश्वास लिएको छ । 

जनगणपति माध्यामिक विद्यालयमा प्रिं डिप्लोमा भेटरीनरी (१८ महिने) कक्षा संचालन भएसँगै यहाँ उक्त विषय पढ्ने विद्यार्थीको आर्कषण वढेको छ । पालिकाले भेटरीनरी पढ्न लाग्ने कुल खर्च ५० हजार मध्येको ५० प्रतिशतले हुन आउने रकम २५ हजारको दरले ११ जना विद्यार्थीको रु २ लाख पचहत्तर हजार  पालिकावाट दिने निर्णय गरेको हो । 

 

images
प्रकाशित मिति :माघ ८, २०७९ आइतवार - २२:११:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology