Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
२०८३, कार्तिक २२ गते
images

चितवन मिडटाउन रिसोर्ट  र चितवन मेडिकल कलेजबीच सेवा आदानप्रदानका लागि सम्झौता 

चितवन मिडटाउन रिसोर्ट  र चितवन मेडिकल कलेजबीच सेवा आदानप्रदानका लागि सम्झौता 

images
चितवन मिडटाउन रिसोर्ट  र चितवन मेडिकल कलेजबीच सेवा आदानप्रदानका लागि सम्झौता 
images

चितवन । चितवन मिडटाउन रिसोर्ट र चितवन मेडिकल कलेज बीच सम्झौता भएको छ । दुई संस्थाबीच सेवा आदान प्रदानका बिषयमा सम्झौता भएको हो । आज रिसोर्टका प्रबन्ध निर्देशक मदन घिमिरे र कलेजका सिइओ प्रताप देवकोट ाबीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । जसअनुसार रिसोर्टमा सेवा लिन आउंँदा फुड एण्ड रुममा २० प्रतिशत,वेभरेजमा १० प्रतिशत, ईभेन्टमा ५ प्रतिशत छुट सम्झौता भएको छ । 

यो सुविधा कलेजका चिकित्सक सहितका परिवार, आईडी प्राप्त कर्मचारी र  लगानीकर्ताले पाउनेछन । यस्तै कलेजको तर्फबाट अस्पतालका उपचारमा २० प्रतिशत, प्रयोगशाला परीक्षणमा २० प्रतिशत र औषधिमा ७ प्रतिशत छुट सम्झौता भएको छ । यो सुविधा रिसोर्टका लगानीकर्ताका परिवार सहित कर्मचारीहरुले पाउनेछन ।

सम्झौता पछि प्रतिक्रिया दिदै रिसोर्टका प्रबन्ध निर्देशक घिमिरेले यो सम्झौताले रिसोर्ट र अस्पतालको  दुबैको सेवा विस्तारमा सहयोग पुग्ने बताए ।  ‘यो सम्झौताले एक त रिसोर्टको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्नेछ । अर्कोकुरा अस्पतालमा सेवा प्रवाहमा उनले भने, त्यति मात्र नभई दुवै संस्थाका कर्मचारी लगायतले सहुलियत रुपमा सेवा पनि पाउनेछन ।’ 

images
प्रकाशित मिति :माघ ४, २०७९ बुधवार - २३:००:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology