Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

जहाज दुर्घटना

पोखरामा दुर्घटनामा परेको जहाज तीन टुक्राः हालसम्म कोही जीवित भेटिएनन्, सबैको मृत्यु भएको आशंका

पोखरामा दुर्घटनामा परेको जहाज तीन टुक्राः हालसम्म कोही जीवित भेटिएनन्, सबैको मृत्यु भएको आशंका

images
पोखरामा दुर्घटनामा परेको जहाज तीन टुक्राः हालसम्म कोही जीवित भेटिएनन्, सबैको मृत्यु भएको आशंका
images

पोखरा । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रा भएको पाइएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन । आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९ एनएएनसी जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए । जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

images
प्रकाशित मिति :माघ १, २०७९ आइतवार - १३:४१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology