Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

कर्मचारीको आन्दोलनका कारण सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा

कर्मचारीको आन्दोलनका कारण सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा

इच्छाकामना न्युज

२९, पौष २०७९
कर्मचारीको आन्दोलनका कारण सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा
images

धनुषा । धनुषाको नगराइन नगरपालिकामा कर्मचारीको आन्दोलनका कारण सबै कामकाज ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । एक महिनाभन्दा बढी समयदेखि कार्यालय, विद्यालय, स्वास्थ्य, कृषिलगायत नगरपालिकाको कार्यालयबाट हुने सबै सेवा प्रवाह ठप्प हुँदा सेवाग्राही मर्कामा परेका हुन् ।

images
images

साउन महिनादेखि तलब भत्ता नपाएको भन्दै तलब भत्ता पाउनुपर्ने माग राखी नगरपालिकाअन्तर्गतका सम्पूर्ण कर्मचारी मङ्सिर १६ गतेदेखि आन्दोलनमा उत्रिएका हुन् । नगरपालिकाले अहिलेसम्म नगर परिषद् बैठक गर्न नसकेका कारण यो समस्या देखिएको छ । उपभोक्ता समिति गठन तथा नगरस्तरीय बजेट कार्यान्वयनका लागि विगतमा बनेको कार्यविधि संशोधनको विषयमा जनप्रतिनिधिबीचको विवादले असार १० मा हुने नगर सभा अहिलेसम्म हुन सकेको छैन ।

नगराइन नगरपालिकाका नगरप्रमुख विनय यादवले नगरपालिकाको समस्या समाधान गर्नका लागि हदैसम्म लचिलो बन्दा पनि उपप्रमुख राधादेवी यादवसहित एमाले तर्फबाट निर्वाचित वडाध्यक्षले नगरपालिकालाई बन्धक बनाएको आरोप लगाउनुभयो । उपप्रमुख यादवले भने तत्कालीन नगरप्रमुख प्रमेश्वर यादवलाई हितकारी हुने गरी संशोधन गरिएको स्थानीय सरकार सञ्चालन कार्यविधि पुनः संशोधन गरी पहिलाकै अवस्थामा हुनुपर्ने आफूहरूको माग रहेको बताउनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णले सर्वदलीय सर्वपक्षीय बैठक पटकपटक गरे पनि समस्या समाधान हुन नसकेको बताउनुभयो । 

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०९:०६:४० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology