Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुर्घटना

मकवानपुरमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको मृत्यु 

मकवानपुरमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

२९, पौष २०७९
मकवानपुरमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको मृत्यु 
images

मकवानपुर । मकवानपुरमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा स्कुटरमा सवार ३ जनाको मृत्यु भएको छ । गएराति १० बजेतिर मनहरी गाउँपालिका—९ भलादमी चोक नजिकै गाडीको ठक्करबाट ना ३९ प १४३९ नम्बरको स्कुटरमा सवार ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताउनुभयो ।

अहिलेसम्म स्कुटरलाई ठक्कर दिएर भागेको गाडीको बारेमा पत्ता लागेको छैन । दुर्घटनाका कारण आक्रोशित स्थानीयले राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग ठप्प पारेका थिए । ठक्कर दिने सवारी साधनको बारेमा तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ । ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । 

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - ०८:५८:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology