Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्देमा क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

म्याग्देमा क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

इच्छाकामना न्युज

२८, पौष २०७९
म्याग्देमा क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
images

तनहुँ । म्याग्दे गाँउपालिकाको श्रम अनुगमन समिती तथा वाल संरक्षण समितीको क्षमता अभिवृद्धि अभिमुखीकरण कार्यक्रम गाँउपालिका स्तरीय वालसंरक्षण समतिीका संयोजक म्याग्दे गाँउपालिका उपाध्यक्ष वालकृष्ण घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समापन गर्नुभएको उक्त कार्यक्रमको संयोजन एकीकृत हरित विकास नेपाल र ग्लोवल फेयरनेसले गरेको थियो । 

images
images

वालश्रम अभिमुखीकरण, वाल श्रम सम्वन्धि राष्ट्रिय नीति, गुरुयोजना २०७५–२०८५, स्थानिय तहमा वालश्रम निवारणको महत्व, वालश्रम मुक्त स्थानिय तह घोषणाको सुचकहरु म्याग्दे गाउँपालिकाको स्थितीको वारेमा प्रशिक्षक हरि सिंह गुरुङले दिनुभएको थियो । 

म्याग्दे गाँउपालिका, जिएफआई र एकीकृत हरित विकास नेपालको सहकार्य एवं आर्थिक सहयोगमा वालश्रममुक्त म्याग्दे गाँउपालिका निर्माण गर्न सरोकारवालको क्षमता विकास गर्दे अनुगमन संयन्त्रलाई सक्षम, दिगोन वनाउन  र भविश्यमा वालमैत्री पालिका घोषणा गर्ने लक्ष्यका साथकार्यक्रम संचालन गरिएको एकीकृत हरित विकास नेपालका अध्यक्ष कमलहरि जिसीले वताउनुभयो ।

कार्यक्रममा गुडवेभकाउमेश कुईकेलले वालश्रम अनुगमनमा वडा वाल संरक्षण समितीको भुमिका र चेकलिस्ट अभ्यासको वारेमा प्रशिक्षण दिनुभएको थियो भने जिएफआईका सुदिप सेडाईले नमुना नगरपालिकाको अवधारणा र वालश्रम श्रमनितीका वारेमा प्रशिक्षण दिनुभएको थियो । 

कार्यक्रममा सम्वोधन गर्दे म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाँउपालिका वालश्रममुक्त पालिका घोषणा भईसेको र अव वालमैत्री पालिका घोषणाको अभियानमा अगाडी वढेको वताउनुभयो । वालवालिकाको हक अधिकारका लागी पालिका प्रतिवद्ध छ । आजको वालवालिका भोलि देशको कर्णधार भएको हुदाँ पालिकामा वाल अधिकारको रक्षाको लागी सक्दो भुमिका खेल्ने वताउनुभयो । २ दिनसम्म चलेको अभिमुखीकरण कार्यक्रममा म्याग्दे गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी, वडाध्यक्ष, सचिव लगायत सम्वन्धित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन महिला विकास तथा समाजकल्याण शाखाका प्रमुख शारदा ग्रैह्रेले गर्नुभएको थियो । 

images
प्रकाशित मिति :पौष २८, २०७९ बिहिवार - २२:४३:०१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology