Logo

सोमवार, कार्तिक १० गते २०८३

images
२०८३, कार्तिक १० गते
TRENDING
images

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले आज सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै 

प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले आज सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै 

images

इच्छाकामना न्युज

२५, पौष २०७७
प्रतिनिधिसभा विघटन विरुद्ध काँग्रेसले आज सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै 
images

काठमाण्डौ, २५ पुस । नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशभरका ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको छ। आज हुने विरोध प्रदर्शनमा शीर्ष तहका नेताहरु सहभागी हुने बताइएको छ। पार्टी सभापति शेरबहादुर देउवा काठमाडौं क्षेत्र नम्बर ५ को विरोध प्रदर्शनमा सहभागी हुने र विरोध प्रदर्शनपछि आयोजना हुने सभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । 
यस्तै कोषाध्यक्ष सीतादेवी यादव काभ्रेको प्रदर्शनमा हुनुहुनेछ । प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौंको प्रदर्शनीमार्गमा हुने विरोध सभामा सहभागी हुनुहुने छ भने नेता गगन थापा आफ्नै निर्वाचन क्षेत्रको कपनमा हुने विरोध सभालाई सम्वोधन गर्नुहुनेछ । आज हुने विरोध सभामा सहभागि हुन र सभालाई सम्बोधन गर्नका लागि सबै नेताहरु प्रायः आ–आफ्नो जिल्लामा पुगिसकेका छन् । पुस १९ मा बसेको केन्द्रीय समिति बैठकले सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । 
केन्द्रीय कार्यसमितिको बैठकलाई सारेर प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले तीन चरणको विरोधको कार्यक्रम घोषणा गरेको छ। जस अन्तर्गतपहिलो चरणको प्रदर्शन आज हो भने दोस्रो चरणमा प्रदेश निर्वाचनलाई थप विकेन्द्रित गर्दै माघ ३ गते देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गरिने छ। तेस्रो चरणमा विरोधलाई थप व्यापक बनाउँदै ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गरिने छ ।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:४८:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology