Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

बागमती

बागमतीका नवनियुक्त मुख्यमन्त्री जम्मरकट्टेलले आज शपथ लिदै, थपलिया र थापा मन्त्री बन्दै

बागमतीका नवनियुक्त मुख्यमन्त्री जम्मरकट्टेलले आज शपथ लिदै, थपलिया र थापा मन्त्री बन्दै

इच्छाकामना न्युज

२६, पौष २०७९
बागमतीका नवनियुक्त मुख्यमन्त्री जम्मरकट्टेलले आज शपथ लिदै, थपलिया र थापा मन्त्री बन्दै
images

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन । सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् ।

images
images

मंगलबार बिहान बागमती प्रदेशको चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएका जम्मकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ । उनको शपथका लागि प्रदेश प्रमुख कार्यालय हेटौंडामा तयारी भइरहेको छ ।

माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेता जम्मकट्टेल सोमबार ५ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई माओवादी केन्द्रका २१ सांसद सहित, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना गरि ७० जना सांसदको समर्थन रहेको छ ।

मुख्यमन्त्री जम्मकट्टेलले आज नै तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् । उनले प्रदेश सरकारमा तत्काल राप्रपा र एमालेबाट एक–एक जनाको प्रतिनिधित्व गराउने भएका छन् । यद्यपि उनीहरुलाई मन्त्रिपरिषदमा विभागीय जिम्मेवारी भने तत्काल नदिई सबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैले सम्हाल्ने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

जम्मकट्टेल नेतृत्वको सरकारमा गठबन्धनका दुवै दलबाट दलका नेता नै मन्त्री बन्ने भएका छन् । एमालेले दलका नेता जगन्नाथ थपलियालाई मन्त्री बनाउने तयारी गरेको छ भने राप्रपाले दलको नेता उद्धव थापालाई मन्त्री बनाउँदै छ । दुवै जना मन्त्रीले मंगलबार नै शपथ लिने छन् । थपलियाले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री दाबी गरिरहेका छन् भने थापाले भौतिक पूर्वाधार विकास मन्त्रालय जाने आकांक्षा राखेका छन् ।

images
प्रकाशित मिति :पौष २६, २०७९ मंगलवार - ०९:४७:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology