Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

अपराध

भरतपुर अस्पतालमा मृतकको हातबाट सुनको ब्रासलेट चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

भरतपुर अस्पतालमा मृतकको हातबाट सुनको ब्रासलेट चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

इच्छाकामना न्युज

२१, पौष २०७९
भरतपुर अस्पतालमा मृतकको हातबाट सुनको ब्रासलेट चोरी गर्ने सुरक्षा गार्ड पक्राउ
images

चितवन । चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ परेका छन् ।

images
images

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित केराबारीमा यही पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँको भानु नगरपालिका वडा नंं.२ घर भई हाल जिल्ला चितवन भरतपुर– १ बस्ने वर्ष ३७ का सञ्जिव बहादुर रायमाझी घाईते भई भरतपुर अस्पतालमा उपचार गराउदा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको शव अस्पतालकै आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखेको बेला हात लगाएको सुनको ब्रासलेट चोरी भएको थियो ।

मृतकको आफन्तले ब्रासलेट चोरी भएको थाहा पाएपछि प्रहरीले अनुसन्धान गर्दैजाँदा अस्पतालकै सुरक्षा गार्ड खोटाङ ऐसेलुखर्क गाउँपालिका वडा नं. ६ घर भई हाल भरतपुर–७ बस्ने वर्ष २७ का कृष्ण राईलाई पक्राउ गरेको हो ।

उनलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष २१, २०७९ बिहिवार - २१:२५:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology