Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

म्याग्देमा अव्यवस्थित वसोवासी ११५३, भुमिहिन सुुकुम्वासी ६५, भुमिहिन दलित ८५ लाई निस्सा वितरण सम्पन्न

म्याग्देमा अव्यवस्थित वसोवासी ११५३, भुमिहिन सुुकुम्वासी ६५, भुमिहिन दलित ८५ लाई निस्सा वितरण सम्पन्न

बि.बि. श्रेष्ठ

१९, पौष २०७९
म्याग्देमा अव्यवस्थित वसोवासी ११५३, भुमिहिन सुुकुम्वासी ६५, भुमिहिन दलित ८५ लाई निस्सा वितरण सम्पन्न
images

तनहुँ ।  म्याग्दे गाँउपालिकाले भुमिहिन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित वसोवासीहरुलाई निस्सा वितरण सम्पन्न गरेको छ । कार्यक्रमको पहिलो दिन म्याग्दे गाँउपालिका वडा नं १ वाट शुरु भई वडा नं ७ मा पुगेर सम्पन्न भएको हो ।

images
images

वडा नं ७ को वडाध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे रहनुभएको थियो । 

वडा नं ७ मा अव्यवस्थित वसोवासीमा १३८ जना, भुमिहिन सुुकुम्वासी ६ जना, भुमिहिन दलित १६ जना गरि कुल १६० जनालाई निस्सा वितरण गरिएको छ । 

यस सँगै म्याग्दे गाँउपालिका भरी कुल अव्यवस्थित वसोवासीमा ११५३ जना, भुमिहिन सुुकुम्वासी ६५ जना, भुमिहिन दलित ८५ जनाले निस्सा प्राप्त गरेका छन् । 

IMG_1799-scaled.webp

कार्यक्रममा प्रमुख अतिथी पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सुकुम्वासीको समस्या राज्यको दायित्व भएको हुदाँ जुन सरकार आएपनि काम जहाँ पुगेको छ, त्यहिवाट शुरु हुने वताउनुभयो । ओली सरकारको पालमा गठित आयोगले गरेको कामले नै यहाँसम्म आईपुगेको हुदाँ सरकारले ढिलो चाँडो यसको समाधान गर्ने वताउनुभयो । विगतमा सुकुम्वासीको नाममा हुकुमवासीले जग्गा प्राप्त गरेको हुदाँ त्यसो नगर्न र आम जनतालाई भुमिसँगको अधिकार दिलाउनका लागी सवैले सहायोग गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जग्गा प्राप्तिको लागी यो निस्सा वितरण केही नभएको तर यो नै सवै भएको वताउनुभयो । यसैको आधारमा जग्गा प्राप्तिको प्रक्रिया अगाडी वढ्ने हुदाँ सरकार परिवर्तनले यो काममा केही असर नगर्ने वताउनुभयो । निस्सा वितरणका शुरुवात पहिला नै गर्न लागिएको भएता पनि निर्वाचनका कारण रोकिएको हुदाँ ढिलो भएको हुदाँ यहि निस्सा वितरणको आधारमा नै काम अगाडी वढ्ने र जग्गाको नाँपजाँचको काम शुरु हुने वताए । 

लगत संकलन कार्यविधिीको अनुसूचि ३ र ४ वमोजिमको फारम भरिसकेपछि निवेदन दर्ता भएको जानकारी स्वरुप अनुसूचि ६ वमोजिमको निस्सा भरि उपलव्ध गराउनुपर्ने व्यवस्था रहेकोमा उक्त निस्सा वितरण गरिएको गाँउपालिकाका प्रमुख प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारीले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष १९, २०७९ मंगलवार - ०१:१०:०३ बजे

बि.बि. श्रेष्ठ

लेखक बि. बि. श्रेष्ठ इच्छाकामना न्युजका लागि राजनैतिक विषयमा लेखहरु लेख्नुहुन्छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology