Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष राजु श्रेष्ठ पक्राउ

नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष राजु श्रेष्ठ पक्राउ

इच्छाकामना न्युज

१८, पौष २०७९
नाबालिग बलात्कार आरोपमा वडा अध्यक्ष राजु श्रेष्ठ पक्राउ
images

बारा । निजगढ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राजु श्रेष्ठ (राजन)लाई प्रहरीले जबरजस्ती करणी आरोपमा नियन्त्रणमा लिएको छ ।

images
images

वडा नम्बर २ कि एक नाबालिकलाई जबर्जस्ती करणीको आरोपमा वडा अध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । वडा अध्यक्ष श्रेष्ठले एक नाबालिकलाई घरमा बोलाएर जबर्जस्ती करणीको आरोपमा गत २०७९ आश्विन २५ गते मंगलबार ईलाका प्रहरी कार्यालय, निजगढमा उजुरी परेको थियो ।

जाहेरी दर्ता भएसंगै वडा अध्यक्ष श्रेष्ठ फरार थिए । आइतबार राति करिब ८ः३० बजे उनी आफै ईलाका प्रहरी कार्यलय निजगढमा गएर आत्मसमर्पण गरेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

श्रेष्ठले १५ वर्षकी नाबालिकालाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । दशैंको टिकाका दिन असोज १९ गते अध्यक्ष श्रेष्ठले आफ्नै घरमा जबर्जस्ती करणी गरेको जाहेरी किशोरीले दिएकी थिईन ।

श्रेष्ठ गत वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए ।

 

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०९:०५:४६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology