Logo

मंगलवार, भाद्र ९ गते २०८३

images
२०८३, भाद्र ९ गते
images

भरतपुर महानगरले शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्ने

भरतपुर महानगरले शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्ने

इच्छाकामना न्युज

१८, पौष २०७९
भरतपुर महानगरले शहिद तथा बेपत्ताका परिवारलाई आर्थिक सहायता गर्ने

चितवन । भरतपुर महानगरपालिकाले शहिद तथा बेपत्ता भएकाको परिवारलाई आर्थिक सहायता गर्ने भएको छ । महानगरले आइतबार एक सूचना जारी गरी जनयुद्ध र जनआन्दोलनमा शहिद भएका वा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता प्रदान गर्ने बताएको हो ।

images

आर्थिक सहायता प्राप्त गर्नका लागि लक्षित समुदायले भरतपुर महानगरपालिकामा निवेदन दिन सूचनामार्फत आग्रह गरिएको छ । शहिद तथा बेपत्ता पारिएका परिवारलाई आर्थिक सहायता गर्न महानगरले कार्यविधि नै बनाएको छ ।

आर्थिक सहायताको लागि आधिकारीक निकायबाट जनयुद्ध तथा सबै प्रकारका जनआन्दोलनमा शहिद वा बेपत्ता पारिएका परिवार खुल्ने कागजात, भरतपुर महानगरभित्र स्थायी बसोबास गरेको प्रमाणलगायतका कागजात चाहिने महानगरले जनाएको छ ।

323410894_696520482106165_4444376268310067085_n.webp

images
प्रकाशित मिति :पौष १८, २०७९ सोमवार - ०८:४०:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology